माओवादीका यी दुई सांसदले एमसीसीको विपक्षमा मतदान गर्ने

काठमाडौं १५ फागुन । नेकपा माओवादी केन्द्रका दुई सांसदले भने पार्टीको निणर्य विपरित एमसीसीको विपक्षमा मतदान गर्ने भएका छन् ।

जसमा सासंद गिरिराजमणि पोखरेल र अञ्जना बिशंखेले एमसीसीको विपक्षमा मतदान गर्ने भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले एमसीसीको व्याख्यात्मक प्रस्ताव पारित गरेको । त्यही विषयमा अहिले सुरु भएको संसद बैठकमा छलफल भइरहेको छ ।

यी दुई सांसदले भने विपक्षमा मतदान दिने भएका छन् । यसैंगरी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि मतदान प्रकृयामा सहभागी नहुने जनाएका छन् ।