पल प्रकरणमा ज्योती मगरको येस्तो ठोकुवा : ब,लात्कार त हुँदै होइन !

काठमाडौं । गायिका ज्योती मगरले पल शाहको ब,लत्कार प्रकरणमा विवादास्पद टिप्पणी गरेकी छन् । उनले नाबालिग गायिकामाथि पल शाहले ब,लात्कार नगरेको दावी गर्दै फेसबुकमा स्टाटस लेखेकी हुन् । स्वयम् विवादित छविकी गायिकाले लेखेकी छन्, ‘हाम्रो संस्कारमा छोरी मान्छे १५/१६ बर्षको हुँदा बिहे गर्दिने चलन अझै कायम नै छ, जसअनुरुप पुरुषहरु अझै यहि सोच्छन कि १५/१६ बर्ष मा शारीरिक तथा मानसिक रुपमा यौ,न सम्पर्क र प्रेमलाप को लागि योग्य हुन्छन् । सायद त्यस्कै परिणाम हो (पल र समीक्षा)… ब,लत्कार त हुँदै होइन ।’

उनी थप्छिन्, ‘सुरुसुरुमा मायाजाल अहिले आएर महाजाल … पललाई बर्बाद गर्न लागिपर्नुभएका महानुभावहरुले समीक्षालाई नि बर्बाद गर्दिए …’
कानूनलाई गलत प्रयोग गर्नेहरुका कारण साँच्चिकै पीडितहरूले न्याय नपाएको ज्योतीको तर्क छ । उनले पूर्व सभामुख कृष्णबहादुर महराको काण्डमा पनि महिलाको दोष देखाएकी छन् ।‘रोशनीजीले सरकारी पद नपाउँदा कृष्ण महराजी जेल, १८ बर्ष नपुगेकोले समीक्षाजिलाई बिहे गर्न नमान्दा पल शाह जेल…’ यद्यपि आफू पल र गायिका दुवैको पक्षमा रहेको उनको भनाइ छ ।

यो पनि पढ्नुहोस्…कञ्चनपुर, १५ फागुन । थारू भाषा, साहित्य, संस्कृतिको विकासका लागि थारु साहित्यिक सङ्घसंस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादक एकजुट भइ सहकार्य गर्ने प्रतिवद्धता सहित छैटौँ थारू राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न भएको छ । कृष्णपुर नगरपालिका–५ सिंहपुरमा आयोजित सो सम्मेलन १० बुँदे घोषणापत्र जारी गरेको छ। थारू मातृ भाषामा पठनपाठन कार्यान्वयनका लागि थारूबाहुल्य पालिकामा विद्यालयमा पठनपाठनका लागि सहकार्य गर्ने, थारू लोक साहित्य तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनसँगै दस्तावेजीकरणका लागि कार्य अगाडि बढाउने घोषणापत्र उल्लेख छ ।

घोषणापत्रमा भनिएको छ, “थारू समुदायका विषयवस्तु उठानका साथै आख्यान विधाका स्रष्टालाई आकर्षित गर्ने खालका कार्यक्रम सञ्चालन गरिने छन् ।”थारू लेखक सङ्घ नेपालद्वारा स्थापित थारू भाषा र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिने स्रष्टालाई सम्मान र पुरस्कारका लागि अक्षयकोष रकम बढाउने सम्मेलनले निर्णय गरेको छ । थारू भाषाको विकासका लागि आफ्नो भाषा बोल्ने, लेख्ने र छाप्ने, छपाउने काममा आएको तीव्रतालाई निरन्तरता दिने र सिर्जनशील लेखनलाई प्रोत्साहन गरिने सम्मेलनबाट निर्णय पारित भएको छ ।

सम्मेलन आयोजक समितिका सहसंयोजक वीरबहादुर राजवंशीले थरुहट क्षेत्रका प्रत्येक पालिकालाई थारू भाषा, साहित्य र संस्कृतिको संरक्षण, विकासका लागि बजेट विनियोजन गर्न लगाउनका लागि दबाब सिर्जना गरिने निर्णय समेत सम्मेलनले गरेको छ । उहाँका अनुसार साहित्य सम्मेलनको स्मारिका प्रकाशित गर्नेे घोषणापत्रमा जनाइएको छ । आगामी सातौँ राष्ट्रिय थारू साहित्य सम्मेलन बाँके जिल्लामा गर्ने निर्णयसमेत गरिएको छ । थारू लेखक सङ्घ नेपाल, थारू कल्याणकारिणी सभा, गोचाली परिवार, सिंहपुर युवाक्लबको आयोजनामा यही फागुन १२ देखि १४ गतेसम्म सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा थारू बुद्धिजिवी, साहित्यकार, कवि, लेखक, संस्कृतविद्को जमघट थियो । nepalpress