आज बस्ने संसद बैठकमा पनि एमालेले विरोध कायमै नै राख्ने , जसको फाइदा सत्तारुढ दललाई एमसीसी अनुमोदन गराउन सहज

काठमाडैं १५ फागुन । आज आइतबार बस्ने संसद बैठकमा पनि प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्ने भएको छ । आजै बस्ने संसद बैठकमा सत्ता गठबन्धनले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ ।

संसदमा आफुहरुलाई प्रक्रियामा सहभागी हुनबाट बञ्चित गरिएको भन्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताएका छन् । आफ्नो माग प्रति प्रधानमन्त्री सकारात्मक नभएको भन्दै उनले यस्तो बताएका हुन् ।

एमाले प्रक्रियामा सहभागी नहुने भएपछि सत्तारुढ दललाई एमसीसी अनुमोदन गराउन सहज हुने भएको छ ।