व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने माओवादीको निणर्य

काठमाडौं १५ फागुन । नेकपा माओवादी केन्द्रले व्याख्यात्मक घोषणासहित अमेरिकी परियोजना एमसीसी अनुमोदन गर्ने निणर्य गरेका छन् ।

आइतबार बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको माओवादी केन्द्रको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णय गरेको हो ।

केन्द्रीय कार्यालयको विस्तारित बैठक यस्तो निणर्य गरेपछि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

माओवादी सँगै नेकपा एकिकृत समाजवादी पार्टीले पनि व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने भएको छ ।