पलले बाहिरै बसेर पनि मुद्दा लड्न सक्ने

काठमाडौं : नेपाली मनोरञ्जन क्षेत्र अभिनेता पल शाह र गायिकाको स’म्बन्धलाई लिएर तातेको छ। दुवैबीच भएको भनिएको अन्तरंग सम्बन्धलाई लिएर बेग्लाबेग्लै धारणा सार्वजनिक भइरहेका छन्।

केही दिनयता त यी दुई कलाकारले विगतको सम्बन्धसँग जोडिएका अडियो भाइरल भइरहेका छन्। जसमा पलले केही साथीहरुसँग सहयोग लिएर फकाइरहेको र बिहेसम्मका कुरा गरेको सुन्न सकिन्छ।

पछिल्लो समय अभिनेता पल शाह र गायिकाको सम्बन्धलाई लिएर च’र्को वि’वा’द देखिएको छ। गायिकाले पलविरु’द्ध सम्पूर्ण प्रमाण आफूसँग रहेको उल्लेख गरिरहेकै बेला पल शाहले उनलाई कसैले उक्साएको बताएका छन्।

उनीहरुसँगै देखिएको भोलिपल्ट गायिकाको अडियो सार्वजनिक भयो। पलले बोलेका अडियो पनि सार्वजनिक भैरहेका छन्।

अडियो सार्वजनिक भएपछि पलले लामो स्टाटस लेख्दै आफूलाई जोगाउने कोसिस गरेका छन्। पलले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो स्पष्टीकरण दिएका हुन्।

शाहलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । मुद्दा दर्तासँगै उनीविरुद्ध जिल्ला अदालत तनहुँले फागुन ११ मा पक्राउ पूर्जी जारी गरेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँले उनको खोजतलासमा सहयोग गरिदिन महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको छ ।

उनको खोजीमा महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा र केन्द्रिय अनुसन्धान ब्यूरोको टोली परिचालन गरिएको छ । पल नेपाली चलचित्र तथा म्यूजिक भिडियोका लोकप्रिय अभिनेता हुन् ।