सन्तोष र अस्मिताको स्वरमा ‘आँखा झिमिक्क पारेर’ (भिडियोसहित)

काठमाडौं,
फागुन १४ ।

सन्तोष श्रेष्ठको स्वर र सङ्गीतमा रहेको गीत ‘आँखा झिमिक्क पारेर’ सार्वजनिक भएको छ । सन्तोषसँगै अस्मिता अधिकारीको स्वर, साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’को शब्द र सुलभ घिमिरेको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सुरेश थापाले निर्देशन गरेको गीतको भिडियोमा हरिश निरौला (कक्रोज), सुमन ज्योति (ल्याग्री दादा), पूजा उप्रेती, आयुषा कटुवाल, जय थापा लगायतको अभिनय छ । काठमाडौंमा शुक्रबार एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको थियो ।