निर्देशक थापा पक्राउ परेको १ घण्टा सोधपुछ गरे, प्रहरी चौकीको बाहिर निस्किएर यस्तो भने, हेर्नुहोस्

एक नाबालिक गायिकालाई क’र’णी ग’रे’को अभियोगमा अभिनेता पल शाहलाई प्रहरीले खोजी गरिरहेको छ । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्ला अदालतमार्फत बुधबार बेलुका पक्राउ पुर्जी जारी गरेको हो । तर, बिहीबार बेलुकासम्म उनी पक्राउ परेका छैनन् । पलको खोजि गर्दै प्रहरीले ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको छ ।

नाबालिग ब’ला’त्कार आरोपमा प्रहरीमा उजुरी परेपछि फरार अभिनेता पल शाहले अभिनय गरेको ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले पक्रेको छ।​ निर्देशक थापालाई महानगरीय प्रहरी वृत्त (बानेश्वर) ले समातेको हो।

प्राइमटाइम टेलिभिजनमा धमलाको हमला कार्यक्रममा शनिबार दिउँसो​ अन्तर्वार्ता दिएर फर्किँदै गर्दा थापालाई टेलिभिजन परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको कार्यक्रम सञ्चालक ऋषि धमलाले जानकारी दिएका छन्। ​ शाहको खोजीमा रहेको प्रहरीले तीन दिनसम्म उनलाई फेला पार्न नसकेपछि निकटहरूसँग सोधपुछ थालेको हो। थापा शाह अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु-२’ का निर्देशक हुन्। थापासँग अहिले महानगरीय प्रहरी वृत्त बानेश्वरले सोधपुछ गरिरहेको हो।

चार दिनदेखि पल शाहलाई पक्राउ गर्न खोजिरहे पनि उनी नभेटेपछि प्रहरीले उनका निकटका व्यक्तिहरुसँग सोधखोज गरिरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए। नाबालिग ब’ला’त्का’र अभियोगमा अभिनेता शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएको छ। त्यसलगत्तै उनी फरार भएका हुन्।

‘पल शाहको बारेमा उहाँलाई केही जानकारी छ कि भनेर सोधखोजका लागि बोलाइएको हो। उहाँलाई जानकारी छ भन्ने सूचना आएको थियो त्यही भएर के जानकारी छ त भनेर सोध्नलाई हो’, एक प्रहरीले भने, ‘म्याद थप गर्न र मुद्दा चलाउने उद्देश्यले होइन। पछिल्लो समय उहाँको पल शाहसँग बढी सम्पर्क देखिएको छ।’