दुर्गेशसंग मिलेर पललाई मार्ने मास्टर प्लान: फरार पलका म्यानेजर आत्तिदै मिडियामा, वास्तविकता कुरा यस्तो रहेछ (भिडियोसहित)

पल समिक्षा काण्ड जटिल बन्दै गैरहेको अवस्थामा अभिनेता पल शाहले नया तथ्य सार्बजनिक गरेका छन् । उता गायिका समिक्षा अधिकारीले भने प्रहरीमा उजुरी गरिसकेकी छन् । पलले फेसबुकमा एक स्ट्याटस लेख्दै आफुमाथि षडयन्त्र भएको बताएका छन् । यतिसम्म कि उनले आफुमाथी षड्यन्त्र गर्नेहरुको नाम समेत सार्बजनिक गरेका छन् । समिक्षा अधिकारीलाई प्रयोग गरेर नियोजित ढङ्गले आफुमाथी षड्यन्त्र गर्नेमा गायक दुर्गेश थापा, सरोज ओलि, कृष्ण जोशी र सम्राट चौलागाईं रहेको उल्लेख गरेका छन् । उनले सार्बजनिक गरेका यी नामहरु सबै उनी निकट नै हुन् ।

यस्तै अडियोमा समिक्षाले भनेका कुराहरु गलत रहेको बताएका छन् । ‘पलले म सुतिरहेको अवस्थामा मलाई सिरक ओढायो, अनि जबर्जस्ति गर्न खोज्यो’, ‘हाम्रो सम्बन्ध २ वर्ष अगाडि देखि भएको अनि १ वर्ष पछि मात्रै मेरो गर्ल्डफ्रेन्ड छ भन्यो’, ‘घरबेटी र उसको म्यानेजरसंग मिलेर मलाई मार्न लगाईयो लगायतका समिक्षाले भनेक कुराहरु गलत रहेको उनले भनेका छन् । उनले यति भन्दै प्रमाणको लागि अडियो समेत पेश गरेका छन् । यदि आफू दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार रहेको समेत उल्लेख गरेका छन् । हेर्नुस् उनको स्ट्याटस ।

“नमस्कार म पल शाह
म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।
केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ ।
उक्त अडियो क्लिपमा भनिए अनुसार ” पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो” , “हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो” साथै ” घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो ” लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला । यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समिछ्या अधिकारिलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ ।
१- साथी दुर्गेश थापा
२- ठुल्दाई सरोज ओलि
३- भाई कृष्ण जोशी
४- सम्राट चौलागाई

पलले सार्बजनिक गरेका अडियो :
Plan 1:- https://drive.google.com/file/d/18NfClAr4PXx0wfMz6iNtEEIM8PnU_eTx/view?usp=drivesdk

Plan 2:- https://drive.google.com/file/d/1rUt3Ilbs0RswEGtmfEG37IgLXuuKvbjY/view?usp=drivesdk

Plan 3 :- https://drive.google.com/file/d/1VQU02Xh_BIhHLH-KjD3SnkCkn81s1imn/view?usp=drivesdk

Plan 4 :- https://drive.google.com/file/d/1Bt4uB2Jgn_H9MqPLDB3aVBhI7SipEY4Q/view?usp=drivesdk

Plan 5:- https://drive.google.com/file/d/1dsi3s7pZZ82l7Zrv3BFHWMRrESs_5otr/view?usp=drivesdk

Plan 6 ( beer khuwayera s*x gareko vannu parxa vanera sikako ) :- https://drive.google.com/file/d/1LCttzu4XUi_6Bbf491FEYaCn8k7HgW2b/view?usp=drivesdk