पल शाह आए फोन सम्पर्कमा आएर दुर्गेस थापालाई यस्तो सम्म भने, दुर्गेश र पल भए आमने सामने

काठमाडौ । अभिनेता पल शाहले आफूमाथि नियोजित र ष’ड्य’न्त्रपूर्ण ढङ्गले प्र’हा’र गरिएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफू र एक गायिकासँगको सम्बन्धबारेको अडियो सार्वजनिक भएपछि आफूलाई ‘फसाउन खोज्ने व्यक्ति’ भन्दै ४ जनाको नामसमेत सार्वजनिक गरेका हुन् ।

अभिनेता पल शाहविरुद्ध गायक दुर्गेश थापाले रचेको कडा ष’ड्य’न्त्रको अडियो बाहिरिएसँगै फेरी पल समिक्षा स्क्याण्डल उत्कर्षमा पुगेको छ । गायक दुर्गेश थापा, सरोज ओली, सम्राट चौलागाईं र कृष्ण जोशीले पल विरुद्ध बुनेको योजनाको अडियोका कारण विबादित दुर्गेश थप विबादमा तानिएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँमा आँफुविरुद्ध ब’ला’त्कारको आरोप खेपीरहेका कलाकार पल शाहले नयाँ रहस्य खोल्दै सामाजिक संजाल फेशबुकमा आफूबिरुद्ध ष’ड्य’न्त्र भएको भन्दै सप्रमाण केही अडियोहरु पेस गरेका हुन् ।

१७ वर्षीया एक गायिकाले ब’ला’त्का’रको आरोपको लगाएर प्रहरीमा उजुरी दिएपछि पलले फेसबुकमा आफूमाथि गम्भीर ष’ड्य’न्त्र भएको लेखेका छन् । पलले आफूलाई दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंले फसाउन खोजेको बताएका छन् । उनले आफू दोषी भएमा कानुन बमोजिम सजाय भोग्न तयार रहेको पनि उल्लेख गरेका छन् ।

‘उक्त अडियो क्लिपमा भनिए अनुसार “पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि ज’वर्ज’स्ती गर्न खोज्यो”, “हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ वर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो” साथै “घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मा’र्न लगाइयो ” लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो’, पलले लेखेका छन् – ‘यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’

अडियो अनुसार पल र समीक्षाको समझदारी हुने हुने अवस्था रहेको बेला दुर्गेश थाासहितको समूहले समीक्षालाई उकास्ने प्रयत्न गरेको देखिन्छ । अडियोमा टाेलीमध्ये कसैले दुर्गशलाई भनेका छन्, ‘यो केसमा तिमी (समीक्षा) बाहेक हामी देखिनु हुँदैन । हामी कोही देखिनु हुँदैन । तिमी आफै लड्ने हो । हामी सपोर्ट मात्रै गर्ने हो।’