पलविरुद्ध गायक दुर्गेश थापा, सरोज ओली र पलकै म्यानेजरले यसरी रचेका रहेछन् षड्यन्त्र

काठमाडौं । गायिका समिक्षा अधिकारीलाई उकोसेर पल विरुद्ध योजना बनाउँदै गरेको अडियो पल शाह आँफैले बाहिर ल्याएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँमा आँफुविरुद्ध बलात्कारको आरोप खेपीरहेका कलाकार पल शाहले नयाँ रहस्य खोल्दै सामाजिक संजाल फेशबुकमा आफूबिरुद्ध षड्यन्त्र भएको भन्दै सप्रमाण केही अडियोहरु पेस गरेका हुन् ।

सार्वजनिक १ ५ ६ ११ १५ मिनेट लामो आँफुविरुद्ध षड्यन्त्र रचिएका ५ वटा अडियोहरु सार्वजनिक गर्दै पलले गायक दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईँले रहेचेका षड्यन्त्रलाई बाहिर ल्याई दिएका छन् ।

दुर्गेशसहितको टोलीले समिक्षासहितको टोली बनाएर पललाई फसाउने योजनानै बनाएको पाइएको छ । अडियो अनुसार पल र समीक्षाको समझदारी हुने हुने अवस्था रहेको बेला दुर्गेश थाासहितको समूहले समीक्षालाई उकास्ने प्रयत्न गरेको देखिन्छ ।

अडियोमा टोलीमध्ये कसैले दुर्गशलाई भनेका छन् । पलविरुद्ध षड्यन्त्र रच्नेमध्येका एक जोशी पलकै म्यानेजरका रुपमा काम गर्दै आएका थिए ।