पल शाहलाई नायिका करिष्मा मानन्धरको साथ

लामो समय देखी चर्चा चलिरहे पनि अहिले आएर नायक पल शाह र समिक्षा अधिकारीको प्रेमलिलाले उचाई छोएको छ । सुरुवाती चरणमा दुबै जना बिच प्रेमको हल्ला चले पनि अहिले आएर यो केस जटिल मोडमा पुगेको छ । यतिबेला यस बिषयमा सार्वजनिक भएको अडियोले झनै बजार तताएको छ ।

समिक्षाले पलले मायाको नाटक गरेर धोका दिएको आरोप लगाइरहँदा पलले भने आफ्ना समकालिन पुरुष प्रतिस्पर्धी मित्रले समिक्षालाई झुठो बोल्न लगाएको प्रतिक्रिया जनाएका छन् । उनले कस्लाई इंगित गर्न खोजेका हुन् भन्ने खुलाएका छैनन् । पल शाह र समिक्षा दुबैको करियर यस बिबादले सकिने संकेत मिलिरहेको बेला एक अर्कालाई लगाइएको आरोप प्रत्यारोप बजारमा छरपष्ट भई रहेका छन् ।

दुबै जनाको पक्षधर उत्तिकै रहेका छन् । कसैले पललाई सर्पाेट गरिरहेका छन् भने कसैले समिक्षाले न्याय पाउनु पर्ने बताई रहेका छन् । यसैक्रममा पल शाहलाई नायिका करिष्मा मानन्धरले साथ दिएकी छिन् । उनले पल लाई हिम्मत नहार्न सुझाव दिएकी छिन्। पल शाहले स्टाटस लेख्दै आफूमाथि लागेका आरोपहरुबारे स्पष्टिकरण दिएका थिए । उनको स्टाटसमा नायिका करिश्माले समर्थन जनाएकी छिन् । पलको स्टाटसमा कमेन्ट गर्दै करिश्माले भनेकी छिन् ‘स्टे स्ट्रङ भाइ। भगवान् तिम्रो साथमा हुनुहुन्छ। सँधै सुखी र खुशी रहनु।’