प्रधानमन्त्री देउवा अमेरिकी पासोमा पर्नुभएको छ, अब भीरबाट लड्ने गाईलाई रामराम मात्र भन्न सकिन्छ : झलनाथ खनाल

काठमाडौं ११ फागुन । नेकपा एकिकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेबहादुर देउवाले अमेरिकाको पासोमा परेको बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले एमसीसी पास गरेर सरकार दुर्घटनामा पर्ने सक्ने भन्दै यस्तो बताएका हुन् ।

यथास्थितिमा एमसीसी पास गर्न नसकिने बताएका उनले भनेका छन् ,प्रधानमन्त्री अमेरिकी पासोमा पर्नुभएको छ, भीरबाट लड्ने गाईलाई रामराम मात्र भन्न सकिन्छ’ ।

एमसीसी विपक्षमा रहेका नेता खनालले एमसीसी संसदमा टेबल गरिएको विषयमा प्रति आपत्ती जनाएका छन् ।

आफ्नै पार्टी नेकपा एसले संसदमा एमसीसी टेबल गर्न दिएको विषयमा समेत पार्टी अध्यक्ष माधव नेपालसँग अशन्तुष्ट जनाएका थिए ।