गृहमन्त्री खाँडलाई भेट पछि प्रचण्डले लेखे यस्तो -हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौ

काठमाडौं ११ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान अवस्थामा नेपालमा क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच संघर्ष चलिरहेको बताएका छन् ।

गृहमन्त्री बालकृष्ण खाँडलाई भेटे लगत्तै पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सामाजिक सञ्जालमा यस्तो पोष्ट गरेका हुन् । एमसीसीको विषयमा छलफल गर्न पुगेका मन्त्री खाँडले एमसीसी पास गरौं गठवन्धन जोगाउ भनेका थिए ।

‘विश्व ईतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरु फेरी पुरानौ सत्ता उल्ट्याउन भरपुर कोशिश गर्छन, अहिले नेपालमा क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच संघर्ष चलिरहेको छ’ उनले भनेका छन् ।

उनीहरुले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका बताएका उनले तर आफुहरु ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुने बताएका छन् ।

विश्व ईतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरु फेरी पुरानौ सत्ता उल्ट्याउन भरपुर कोशिश गर्छन, अहिले नेपालमा क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच संघर्ष चलिरहेको छ । उनीहरुले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौ’

भोली बस्ने संसद बैठकमा एमसीसीको विषयमा छलफल हुने भएपछि यति बेला कांग्रेसको दौडधुप बाक्लिएको छ ।