हल्का रमाइलोका कलाकार तथा लोक गायक जयनन्द लामाको निधन

काठमाडौँ । चर्चित कलाकार तथा लोकदोहोरी गायक जयनन्द लामाको निधन भएको छ ।

अग्रज नेपाली लोक गीत संगीतका स्रष्टा लामाको गएराती २ बजे आफ्नै घर अगाडि गाडीबाट ओर्लीने क्रममा लडेर निधन भएको स्रोतले जनाएको छ ।

लामा पछिल्लो समय हाँस्य शृखला हल्का रमाइलोमा देखिँदै आएका थिए । उनको निधनसँगै हल्का रमाइलोका निर्देशक तथा कलाकार बल्छि ध्रुबेले स्टाटस लेख्दै श्रद्धान्जली व्यक्त गरेका छन् ।

लामाले केही दिन अघि मात्रै ‘महाभार लेकको जंगलमा याला’ बोलको लोक गीत सार्वजनिक गरेका थिए । गायक लामाकै शब्द तथा संगीत रहेको लोक गीतमा उनलाई गायिका दीपा लामाले साथ दिएकी छिन् ।