राष्ट्रिय योजना आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

काठमाडौं। राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्याङ्क विभागले कर्मचारी माग गरेको छ। आयोगले मंगलबार एक सूचना जारी गर्दै राष्ट्रिय कृषिगणना, २०७८ मा तथ्याङ्क संकलन तथा सुपरिवेक्षण गर्ने कार्यका लागि १ हजार २ सय ८० सुपरिवेक्षक, ५ हजार २३ गणक माग गरेको हो।

आजदेखि चैत ७ गतेसम्म अनलाइन प्रणलीमा, हार्डकपी आवेदन फाराम २०७८ चैत्र १ गतेदेखि ७ गतेसम्म प्रदेश\ जिल्ला कृषिगणना कार्यालयमा हुने सूचनामा उल्लेख गरिएको छ।