हृदयरोगी कोलेस्ट्रोल र बुढ्यौली भगाऊँनका लागि यस्ता छन् पाकेको फर्सी खानुका फाइदा

काठमाडौं, माघ ११-फर्सीमा ९० प्रतिशत पानी हुन्छ। यसलाई फलको श्रेणीमा समेत राखिन्छ।यो शरीरका लागि अत्यावश्यक फाइटोन्युट्रिन्टसको प्रमुख प्राकृतिक स्रोतमध्ये एक हो।यसको नियमित उपयोगले उमेरको प्रक्रियालाई समेत मत्थर गर्ने मानिन्छ।
आहार विशेषज्ञहरूका अनुसार फर्सी हृदयरोगीका लागि अत्यन्त लाभप्रद छ। यो कोलेस्ट्रोल कम गर्ने, चिसो बनाउने र मूत्रबर्धक मानिन्छ।

यसमा प्रचुर मात्रामा रेसा (फाइबर) पाइन्छ। त्यसैले पेटको गडबडीमा समेत फर्सी फाइदाजनक छ। यो जानकारी आजको कान्तिपुरमा छापिएको छ।फर्सीले चिनीको मात्रालाई नियन्त्रण गर्छ। यसले प्यांक्रियाज अग्न्यासयलाई समेत सक्रिय र्पा। यसैले चिकित्सक मधुमेहका रोगीलाई फर्सी खाने सल्लाह दिन्छन्। फर्सीको रससमेत फाइदाजनक मानिन्छ।