अभिनेता फरहान अख्तर गरे प्रेमिका शिवानीसँग दोस्रो विवाह,तस्बिर सार्वजनिक गर्दै गरे यस्तो अपिल

मुम्बई । बलिउड अभिनेता तथा गायक फरहान अख्तर दाम्पत्य सम्बन्धमा बाँधिएका छन् । आफ्नी प्रेमिका शिवानी डान्डेकरसँग उनी शनिबार दाम्पत्य सम्बन्धमा बाँधिएका हुन् । आफुहरूको विवाहको तस्बिर सार्वजनिक गर्दै फरहानले विवाह’ आइतबार जानकारी गराएका छन् ।

शिवानी डान्डेकर भारतीय गायिका हुन् । केही समयदेखि फरहान र शिवानी प्रेम सम्बन्धमा थिए । विवाहको तस्बिरमा उनीहरूको जोडी निकै राम्रो देखिएको छ । धेरै तस्बिर र भिडियो सामाजिक सञ्जालमा आइतबार नै सार्वजनिक गरिएको छ । एउटा भिडियोमा फरहान र शिवानी निकै रमाएर ऋतिक रोशनलगायतका पाहुनासँग नाचेका छन् ।

उनीहरूले विवाहमा सहभागी भएकासँग शंकर महादेवनले गाएको ‘दिल चाहता हंै’ गीतको धुनमा नृत्य गरेका छन् । यो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ र फ्यानहरूले यसलाई निरन्तर सेयर गरिरहेका छन् ।

फरहानको यो दोस्रो विवाह हो । यसअघि उनको विवाह अधुना भवानीसँग भएको थियो ।राजधानि दैनिकमा खबर छ । दाम्पत्य सम्बन्धको लामो समयपछि उनीहरू अलग भएका हुन् । केही समयदेखि एकल जीवन बिताइरहेका फरहानले यतिबेला शिवानीसँग विवाह गरेका हुन् ।