नवाजुद्दीन सिद्दीकीसँग चुम्बनको दृश्यका लागि यी १८ वर्षीया अभिनेत्री निर्देशकलाई बारम्बार रिटेक गर्न लगाएको खुलासा

फिल्म ‘बाबुमोशाई बन्दूकबाज’ मा पहिलो पटक इन्टिमेट सीन खिचेका अभिनेता नवाजुद्दीन सिद्दिकी यी दृश्यहरुको छायांकनका क्रममा अलि नर्भस भएको र बारम्बार सचेत भएको बताएका छन् । मोडल बिदिता बागले आफ्नो पहिलो फिल्ममा यति बोल्ड दृश्य दिएकी थिइन् कि सेन्सर बोर्डले आठ कटसहित रिलिज गर्न आदेश दिएको थियो ।

फिल्मकी अभिनेत्री बिदिता बागले यसको इन्टिमेट सिनका बारेमा धेरै कुरा बताएकी छिन् । मुम्बई मिररलाई दिएको अन्तर्वार्तामा बिदिताले भनिन्, – ‘फिल्ममा मेरो क्यारेक्टर फुलवाको हो । उनी धेरै सरल र प्यारी केटी हुन्। इन्टिमेट सीनमा फुल्वाको बोल्डनेस देखिएन । त्यसैले मैले निर्देशकलाई धेरै रिटेक गर्न आग्रह गरें। किनभने मैले नवाजसँग काम गरिरहेको थिएँ, एक परफेक्शनिस्ट, त्यसैले मेरो शट परफेक्ट हुनुपर्छ।

बिदिताले थप भनिन्,– दुई कलाकारले क्यामेरा अगाडि चुम्बन गर्दा वास्तविक देखिनु जरुरी हुन्छ । केहि पनि नक्कली हुनु हुँदैन। नवाजसँग बिदिताको यो पहिलो फिल्म थियो । यसअघि बिदिताले कुनै पनि इन्टिमेट सीन गरेकी थिइनन् । चलचित्रको स्क्रिप्ट पढेपछि यो चलचित्रमा काम गर्ने निर्णय गरेको बिदिताले बताइन् । फिल्मको दोस्रो दिन नवाज र बिदिता बागबीचको इन्टिमेट सीन सुटिङ भएको थियो, त्यसबेलासम्म उनीहरुले एकअर्कालाई राम्ररी चिनेका पनि थिएनन् ।

फिल्मको बारेमा कुरा गर्दै नवाजले भारतको संस्कृति ५ हजार वर्ष पुरानो भएको र यहाँ सेक्सलाई वर्जित मानिदैन । कालिदास जस्ता भारतीय लेखकहरूले प्रेमलाई त्यसरी परिभाषित गरेका छन् जसरी आजका लेखकहरूले सक्दैनन्। सेन्सर बोर्डको मनोवृत्तिमाथि प्रश्न गर्दै नवाजले इन्टरनेटको यो युगमा दर्शकको हातमा सबै कुरा उपलब्ध हुँदा चलचित्रमा दृश्य काट्नु हास्यास्पद भएको बताए ।