चोलीके पिछे क्या हे बोलको गितमा अभिनेत्री निया शर्माले गरिन् बबाल डान्स , कम्मर लच्काएको देखेर फ्यान भए छक्क

टिभी इन्डस्ट्रीकी चर्चित अभिनेत्री निया शर्मा धेरै चर्चामा आएकी नायिका हुन् । नियाको अभिनयलाई लिएर फ्यानहरु एकदमै क्रेजी हुने गरेका छन् । तर लामो समयदेखि निया शर्मा आफ्नो डान्सका कारण चर्चामा छिन् । निया सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी हरेक दिन आफ्ना फ्यानहरूसँग कुनै न कुनै पोस्ट सेयर गरिरहेकी हुन्छिन् ।

हालै उनको एउटा भिडियो निकै भाइरल भइरहेको छ । नियाले दिनहुँ सामाजिक सञ्जालको तापमान बढाइरहेकी छिन् । अभिनेत्री प्रायः आफ्ना हट एण्ड बोल्ड तस्विर शेयर गरिरहेकी हुन्छिन् । जसलाई उनका फ्यानहरुले निकै रुचाएका छन् । हालै उनले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टमा आफ्नो डान्सको भिडियो शेयर गरेकी छिन् । जसमा निया ‘चोली के पिछे क्या है’ गीतमा नाच्दै गरेकि छिन् ।

उनले लच्काएर कम्मर घुमाएको देखेर फ्यानहरु निकै उत्साहि भएका छन् । यस क्रममा नियाले सुन्तला रंगको क्रप टप लगाएकी थिइन् । यससँगै उनले कालो प्यान्टको संयोजन बनाएकि थिईन् । निया शर्मा केही समयदेखि आफ्ना फ्यानका लागि गीतमा नाच्दै देखिएकी छिन् । अभिनेत्री निया शर्मा निकै राम्रो डान्सर हुन् । यससँगै उनले पोल डान्स पनि सिक्न थालेकी छन् । उनको डान्स भिडियोमा फ्यानहरुले मन पराएका छन् । एक प्रयोगकर्ताले उनलाई कमेन्टमा लेखेका छन्, ‘उफ  मार्ने नै भईन् ।

यससँगै एक प्रयोगकर्ताले उनको नृत्यलाई उत्कृष्ट भनेका छन् । अर्कोतर्फ, अर्का प्रयोगकर्ताले अभिनेत्रीको भिडियोमा हार्ट र फायर इमोजी सेयर गरेका छन् । निया शर्माको कामको कुरा गर्ने हो भने सन् २०१४ मा आएको सिरियल ‘जमाई राजा’ बाट उनी मानिसमा चिनिएकी थिइन् । त्यसपछि निया ‘नागिन’, ‘इश्क में मरजावाँ’, ‘एक हजारों मे मेरी बहना है’, ‘फियर फ्याक्टरः खतरों के खिलाडी’, ‘किङ अफ हार्ट्स’, ‘काली एक अग्निपरीक्षा’ जस्ता धेरै ठूला सिरियलमा देखिएकी छिन् ।