अभिनेता विजय देवेराकोन्डा र पुष्पाकी नायिका रश्मिका मन्दनाले बिहे गर्दै !

एजेन्सी -दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाले अभिनेता विजय देवेराकोन्डासँग बिहे गर्न लागेको खबर बाहिर आएको छ । भारतिय मिडियाका अनुसार लामे समय देखी प्रेममा रहेका उनीहरुले बिहे गर्न लागेको बाहिर आएको हो । उनीहरू धेरैपटक सँगै देखिएका छन् । यो जोडले अहिले सम्बन्ध र बिहेका बारेमा भने मुख खोलेका छैनन् । हालै इन्डिया टुडेलाई दिएको अन्तर्वार्तामा रश्मिकाले बिहेबारे आफ्नो धारणा व्यक्त गरेकी थिइन्।

त्यसमा भने उनले बिहेका लागि अझै आफ्नो उमेर नपुगेको बताएकी थिइन्। यसअघि विजयले पनि बिहेबारे आफ्नो विचार व्यक्त गरेका थिए। उनले बिहे अगाडि आफू परिपक्व हुन आवश्यक रहेको बताएका थिए। रश्मिका र विजय दुई सुपरहिट फिल्ममा सँगै काम गरिसकेका छन्।

गीता गोविन्दमु र डियर कमरेड फिल्ममा उनीहरूको जोडी खुब रूचाइएको थियो। हाल विजय देवेरेकोन्डा नयाँ फिल्म ुलाइगरु को सुटिङमा व्यस्त छन्। सुटिङका निम्ति उनी मुम्बईमा छन्। स्तै रश्मिका पनि केही समयअघि मात्र मुम्बईमा फ्ल्याट किनेर सरेकी छन्। उनीहरूले मुम्बईमा धेरै समय बिताइरहेका बताइएको छ। फिल्म ुपुष्पाः द राइजु पछि रश्मिका चर्चामा आएकी हुन् । उनले फिल्म हिट भएपछि पारिश्रमिक बढाएकी छन् ।