यस्तो बनेर आयो मार्च १८ मा रिलिजको तयारी रहेको अक्षय कुमारको चलचित्र ‘बच्चन पाण्डे’ को ट्रेलर

काठमाडौ । बलिउड अभिनेता अक्षयकुमार अभिनित चलचित्र ‘बच्चन पाण्डे’ को ट्रेलर सार्वजनिक भएको छ । उक्त चलचित्रको ट्रेलर शुक्रबार युट्युबमा सार्वजनिक भएको हो ।

फरहाद शामजीको निर्देशन रहेको यस चलचित्रमा अक्षयकुमार अहिले सम्मकै फरक अबतारमा देखा परेका छन् । ग्याङस्टारको भूमिकामा देखा परेका अक्षयको अभिनयलाई अत्याधिक रुचाइएको छ ।

मार्च १८ मा रिलिजको तयारी रहेको ुबच्चन पाण्डेमा अक्षयकुमारका अवला कृति सेननको मुख्य भूमिका रहेको छ ।