एमसीसी अब संसदको सम्पति भयो, संशोधन गर्ने वा नगर्ने भन्ने विषय पनि अब सांसदहरुको हातमा गयो

काठमाडौं ८ फागुन । नेकपा एकिर्कत समाजवादी पार्टी नेत्रृ रामकुमारी झाँक्रीले एमसीसी अब संसदको सम्पति भएको बताएकी छन् ।

सहरी विकासमन्त्री समेत रहेकी नेत्रृ झाँक्रीले संसदबाट भवनबाट बाहिरिने क्रममा यस्तो प्रतिक्रिया दिएकी हुन् ।अब एमसीसी संशोधन गर्ने वा नगर्ने विषयमा सांसदहरुको हातमा रहेको बताएकी उनले एमसीसी पार्लियामेन्टको प्रपर्टी भइसक्यो ।

‘के विषय संशोधन गर्ने वा नगर्ने भन्ने कुरा सांसदहरुको हातमा आयो, बल सांसदहरुको कोर्टमा आयो’ उनले भनिन् ।

संसदको अर्को बैठक फागुन १२ गते बस्ने बैठकमा यस विषयमा छलफल हुने बताएकी छन् ।