ग्रीसमा आगलागी भएको डुङ्गाका एक यात्रु जीवितै फेला

कोर्फु, ८ फागुन- ग्रीसमा आगलागी भएको डुङ्गामा हराइरहेका एक जना यात्रु आइतबार जीवितै फेला परेको ग्रीक तटरक्षकहरूले एएफपीलाई बताएका छन्।ती व्यक्तिलाई जहाजको किनारमा भेटिएको थियो र उद्धारकर्ताहरूसँग सम्पर्क गरिएको थियो।

पाकिस्तानको पेशावरमा ग्रेनेड आक्रमण, तीन प्रहरी घाइते- पाकिस्तानको पेशावर शहरको एक प्रहरी चौकीमा हाते ग्रेनेड आक्रमणमा तीन प्रहरी घाइते भएका छन्।क्लोज सर्किट टेलिभिजन क्यामेरा (सीसीटीभी) को फुटेजले एक व्यक्तिले प्रहरी चौकीमा दुईवटा ह्यान्ड ग्रेनेड प्रहार गरेको देखाएको द न्यूज इन्टरनेसनलले एक अधिकारीलाई उद्धृत गर्दै जनाएको छ। बाहिरबाट विस्फोटक पदार्थ प्रहरी चौकीमा फालेपछि आक्रमणकारी भागेका थिए ।

केही साताअघि बडबेरमा प्रहरीको भ्यानमा हतियार प्रहार हुँदा तीन प्रहरी घाइते भएका थिए । सोही दिन हयाताबाद नजिकैको प्रहरी चौकीमा पनि हात ग्रिनेड प्रहार भएको थियो ।हालैका महिनाहरूमा खैबर पख्तुनख्वाका विभिन्न भागहरू विशेष गरी पेशावरमा प्रहरीमाथि आक्रमणका घटना बढेका छन्। द न्युज इन्टरनेशनलका अनुसार पछिल्ला महिनाहरूमा पेशावर र अन्य शहरहरूमा धेरै प्रहरीहरूमाथि आक्रमण भएको थियो।आधिकारिक रिपोर्ट अनुसार ४८ प्रहरीको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् ।(रासस-एएफपी