निषेधित क्षेत्र तोड्दै बानेश्वर चोकमै पुगेका प्रर्दशनकारी र प्रहरीबिच दोहोरो झडप, प्रहरीले प्रहार गर्यो आश्रुग्यास

काठमाडौं ८ फागुन । एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले आश्रुग्यास प्रहार गरेको छ ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले उनीहरूलाई रोक्न प्रहरीले आश्रुग्यास प्रहार गरेको हो ।

प्रदर्शनकारीहरूले पनि ढुंगामुढा प्रहार गरिरहेका छन् । निषेधित क्षेत्र तोड्दै बानेश्वर चोकमै पुगेका प्रर्दशनकारीले नारावादी गरिरहेका छन् ।

ठुलो संख्यामा प्रहरी तैनाथ गरिए पनि प्रहरी र सुरक्षाकर्मीबिच दोहोरो झडप समेत भएको छ ।

यतिबेला नयाँबानेश्वर स्थित सांसद भवन अगाडी स्थिति तनाव ग्रस्त बनेको छ । संसद भवनभित्र एमालेका सांसदहरुले नारावाजी गरीरहेका छन् ।