एमसीसीलाई संसदमा टेबुल गर्ने कि नगर्ने, आज निर्णय हुदैँ

काठमाडौं, ८ फागुन – अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबुल गर्न दिने तर संसोधन बिना अनुमोदन गर्न नदिने नेकपा (एकीकृत समाजवादी)को निर्णयको भोलीपल्ट सत्तारुढ घटक गठबन्धनको बैठक बस्दैछ ।

सत्तारुढ गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चा एमसीसीको बिरोधमा सडक संघर्षमा उत्रिएको बेला बस्न लागेको गठबन्धनको बैठकलाई निर्णायक रुपमा हेरिएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा आज १० बजे बस्न लागेको बैठकको निर्णय अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई संघीय संसदमा टेबुल गर्ने कि नगर्ने निर्णय लिनेछन ।

अमेरिकन सहयोग एमसीसीका बारेमा निर्णय लिनका लागि यसअघि बोलाईएका दुईवटा बैठक अनिर्णित भए पछि गठबन्धनको सल्लाह अनुसार आज बैठक बोलाईएको हो । उक्त बैठक पछि एमसीसी कार्यसुचीमा प्रवेश गराउने कि नगराउने निर्णय हुनेछ ।