दुई वर्षभित्र सबै पालिकामा अस्पताल बनाउने केपी ओलीको सपना होला त पूरा ?

काठमाडौं । स्थानीय तहसम्म स्वास्थ्य सेवा विस्तारका लागि पूर्वाधार निर्माणको काम तीव्र छ । सरकारले गत वर्षदेखि सुरु गरेको स्थानीय तहका आधारभूत अस्पतालका भवन निर्माणको काम धमाधम छ ।कतिपयमा निर्माण सुरु भएको छ भने बाँकीको अन्य प्रक्रिया जारी छ । सङ्घीय सरकारले गत वर्ष मङ्सिरमा ३९६ वटा पालिकाको आधारभूत अस्पताल निर्माणकार्य सुरु गरेको थियो ।

त्यसैअनुरूप पालिकाहरूमा पाँचदेखि १५ शश्याका आधारभूत अस्पताल निर्माण भइरहेका हुन् । यस वर्ष सरकारले थप २५९ वटा आधारभूत अस्पताल निर्माणको काम अगाडि बढाएको छ ।गत वर्ष सुरु गरिएका ३९६ वटामध्ये स्वास्थ्य मन्त्रालयमा अहिलेसम्म २५५ पालिकाको प्रतिवेदन प्राप्त भएकोमा विस्तृत परियोजना प्रस्ताव ९डीपीआर० तयार भएको २३१ वटा मन्त्रालय र पालिकाबीच बोलपत्र भई सम्झौता भएका १८४ वटा, सम्झौता भएका पालिकालाई मन्त्रालयले रकम निकासा नै गरेको पालिकाको सङ्ख्या १५० वटा रहेका छन् ।

त्यस्तै, १५० वटामध्ये ४१ वटा आधारभूत अस्पतालाई मन्त्रालयले दोस्रो किस्ताको रकम प्रदान गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, यस वर्ष निर्माण गर्ने थप २५९ वटा अस्पतालमध्ये १३३ वटा पालिकाको अस्पताल निर्माण प्रक्रियामा छन् ।जसमध्ये डीपीआरको प्रक्रियामा ७३, डीपीआर तयार भई सुझाव दिएका ३६ र बजेट निकासा नै भएका पालिकाका ३१ रहेको उक्त मन्त्रालयका उपसचिव प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्रालयले आधारभूत अस्पताल निर्माण गर्न सम्बन्धित स्थानीय तहको कार्यपालिकाको निर्णय, उक्त पालिका रहेको जिल्ला समन्वय समितिको सिफारिस, जग्गाको सुनिश्चितता, स्तरोन्नति गरी आधारभूत अस्पताल निर्माण गर्ने स्वास्थ्यचौकीको हालको अवस्था र डीपीआरको पुनरावलोकन गराई निवेदन पेस गर्नुपर्ने व्यवस्था छ ।याे खबर आजको गोरखापत्र दैनिकमा छ ।

कुल ७५३ वटा स्थानीय तहमध्ये ६५५ वटा पालिकाको आधारभूत अस्पतालको भवन निर्माण प्रक्रियामा छन् । ७५३ मध्ये ७७ जिल्लाका आ–आफ्नै जिल्ला अस्पताल छन् । यस आधारमा अब २१ वटा स्थानीय तहमा मात्र पालिकास्तरीय आधारभूत अस्पताल निर्माण गर्नुपर्नेछ । २१ वटामध्ये पनि कतिपयका आफ्नै सामुदायिक अस्पताल रहेकाले आधारभूत अस्पताल निर्माणका लागि माग नगरिएको हुन सक्ने मन्त्रालयले जनाएको छ ।

सरकारले १५ शश्यासम्मका आधारभूत अस्पताललाई १८ करोड छ लाख ८२ हजार, १० शøयाका लागि १० करोड ८३ लाख ३६ हजार र पाँच शøयाका लागि सात करोड ११ लाख ९८ हजार रुपियाँ प्रदान गरेको छ ।