सुप्रिम मल्लले गाए-फोटो फिरिममा ‘चाईल्ड भर्सन’

चर्चित गीत फोटो फिरिममाको बाल भर्सनमा सुप्रिम मल्ल ठकुरीको आवाज समेटिएको छ । गीतका शव्दकार तथा सँगीतकार शिशिर भण्डारीले पहिले नै महिला र पुरुष आवाजमा हिट भैसकेको गीतको बाल भर्सन निकाल्ने निर्णय गर्दै गीतको लागि उपयुक्त आवाज सुझाईदिन दर्शक तथा श्रोतहरुको कमेन्ट मागेका थिए । कमेन्टमा धेरैले अनुरोध गरे अनुसार नै शिशिरले सुप्रिमलाई फोटो फिरिममा चाईल्ड भर्सन गाउन दिए र सुप्रिमले पनि उत्कृष्ठ ढँगले गीत गाएका छन् । गीतको रेकर्डिँग भैरहँदा सुप्रिमले आफुले यो गीतको दुवै अघिल्ला भर्सनहरु हेरेको र सुनेको बताउँदै प्रताप दास दादाको आवाजमा रहेको गीतको भिडियोले त आफुलाई रुवाएको बताए ।

महिला भर्सनमा रचना रिमालको आवाज रहेको गीतलाई हालसम्म करोडौं दर्शकहरुले हेरेका छन् भने गीतको अडियोलाई सबैले रुचाएका छन् । यसअघि पनि महिला र पुरुष भर्सनका लागि शिशिरले सबैबाट कमेन्ट माग्दै गायक गायिका चयन गरेका थिए । सुप्रिमले दुई पटकमा फोटो फिरिममा गाए । सुप्रिमको आवाजमा गीत झनै मिठो सुनिएको कमेन्ट गर्नेहरुले बताएका छन् । कस्तो सुनियो त फोटो फिरिममा चाइल्ड भर्सनमा तलको भिडियो हेर्नुस । गीतको भिडियो अहिलेसम्मकै उत्कृष्ठ बनाउने शिशिरले बताएका छन् । अत्यन्तै मनछुने भिडियो लिएर चाँडै नै दर्शक माँझ आउने शिशिरको बाचा छ । भिडियो हेर्नुस