वाग्मती मनोहरा दोभानबाट पाँच मेट्रिकटन फोहर उठाउँदा पनि भएन व्यवस्थापन

काठमाडौँ ७ फागुन । वाग्मती मनोहरा दोभान क्षेत्रमा सफाइ गरी पाँच मेट्रिकटन फोहर उठाइएको छ । वाग्मती सफाइ महाअभियानको ४५८औँ हप्तामा आज वाग्मती मनोहरा दोभानमा सफाइ गरी पाँच मेट्रिकटन फोहर उठाइए पनि व्यवस्थापन भने हुन नसकेको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिए ।

विगत केही दिनदेखि काठमाडौँ महानगरपालिकाले राजधानीबाट फोहर उठाउन नसक्दा सडक किनार, चोकमा फोहर थुप्रिएको छ । फोहरका कारण राजधानी काठमाडौँ दुर्गन्धित बन्न थालेको छ । फोहर व्यवस्थापनमा महानगरपालिकाले ध्यान नदिँदा बेलाबेलामा समस्या आउने गरेको छ ।

वाग्मती मनोहरा दोभानको सफाइमा नेपाली सिने जगतका कलाकार पुजा शर्मा, पल शाह, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, प्रमुख अभियानकर्मी लीलामणि पौडेल, काठमाडौं महानगरपालिका वडा नं ११ अध्यक्ष हीरालाल तण्डुकार, स्थानीयवासी, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलगायत विभिन्न सङ्घसंस्थाको सक्रियता रहेको थियो ।

वाग्मती सफाइका क्रममा आज माला खरेल एवं दुर्गा रावलको जन्मदिनको उपलक्ष्यमा नदी किनारमा वृक्षरोपण गरिएको थियो । सफाइ अभियानकर्मीको जन्मदिन परेका दिन नदी किनारमा वृक्षरोपण गर्ने गरिएको छ ।

अर्को हप्ता शनिबार पनि वाग्मती मनोहरा दोभानमै बिहान ७ः३० बजेदेखि ९ः३० बजेसम्म सफाइ गरिने जनाइएको छ । वाग्मतीको शङ्खमूल क्षेत्रमा अझै फोहरको थुप्रो देखिएको अभियानकर्मी चक्रबहादुर चन्दले जानकारी दिए । फोहरको थुप्रो देख्दा नौ वर्षदेखि के गरियो भन्ने प्रश्न उब्जिएको उनको भनाइ थियो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको ४२६औँ हप्तामा गोठाटार पुलको नदी क्षेत्रमा सफाइ गरिएको छ । मुहानदेखिकै वाग्मती सफाइ गर्दै आएको वाग्मती सुन्दरता सरोकार मञ्चको सक्रियतामा यस क्षेत्रको अभियान चल्ने गरेको छ । ‘फोहर शून्य नदी किनार सम्भव छ’ भन्ने नाराका साथ मञ्चले सफाइ गरिरहेको अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए ।

मनोहरा सफाइ अभियानको २५७औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं ३२ जडिबुटीस्थित मनोहरा पुलमुनि दुई घण्टा सफाइ गरिएको छ । विभिन्न संस्थाका ५० जना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट एक गाडी फोहर उठेको संयोजक चन्द्र दङ्गालले जानकारी दिए ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ अभियान हप्तामा एक दिन शनिबार निरन्तर छ । ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ जारी सफाइ अभियान चाडपर्व, जाडो, गर्मी, भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता प्रतिकूल समयमा पनि जारी हुँदै आएको छ । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई काठमाडौँ उपत्यकामा यसका सहायक नदी पनि सफाइ सुरु भएको छ । काठमाडौँ उपत्यकामा हाल २५ स्थानमा सफाइ भइरहेको छ ।

यसैगरी आज काठमाडौँ उपत्यकाका रुद्रमती, विष्णुमतीको माथिल्लो र तल्लो भेग, वाग्मतीका विभिन्न स्थान, चक्रपथको उत्तरी र पश्चिमी भाग, ललितपुरको गोदावरी खोला, भक्तपुरको हनुमन्ते खोलालगायत स्थानमा पनि सफाइ गरिएको छ ।

यसैगरी वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई काठमाडौँ उपत्यका बाहिरका प्रमुख शहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । हाल काठमाडौँ उपत्यका बाहिर १०९ भन्दाबढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठन नेपालका प्रमुख डा राजेश सम्भाजीराव पाण्डवले कोभिडले हरेक मानिसको जीवनशैली परिवर्तनका लागि धेरै कुरा सिकाएको बताउनुभयो । महामारीलाई नकारात्मक रुपमामात्र लिएर निराश हुनुभन्दा महामारीपश्चात् परिवारको महत्वसँगै पारिवारिक पुनःमिलनमा समेत भूमिका खेलेको कुरालाई पनि स्मरण गर्नुपर्ने बताए ।

योग ध्यानको महत्वलाई उजागार गर्दै चिकित्सा क्षेत्रमा समेत कोभिड–१९ ले क्रान्ति ल्याएको उनको भनाइ छ । महामारीको अवस्थाले शारीरिक, मानसिक साथै आर्थिक अवस्थाको सामना गर्नुपर्ने स्थितिले मानसिक स्वास्थ्यमा समेत असर पारेको र यसतर्फ झन् सचेत हुनुपर्ने आवश्यकता उनले औल्याए ।

कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका रणनीतिक साझेदारी र नेतृत्व सञ्चारका वरिष्ठ परामर्शदाता डा सुनुर वर्मा, आपत्कालीन कार्यक्रमका प्रमुख डा आलिसानगोकोटानो, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना केन्द्रका निर्देशक सुनिलराज शर्मा, मेडिकल अफिसर खोप कार्यक्रमका डा विनोद बुरा र मन्त्रालयका बाल स्वास्थ्य तथा खोप शाखाप्रमुख श्री सागर दाहाल लगायतले कोभिड–१९ को समयमा प्रदेशसभाको भूमिका, सामुदायिक संयन्त्रको स्थापना, जनस्वास्थ्यका मापदण्ड, संसद्को भूमिका, मन्त्रालयको रणनीतिक योजनाहरुमा छुट्टाछुट्टै प्रस्तुति राखेका थिए ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादव, मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी लगायतले कोभिड–१९ को विषयमा आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा सातै प्रदेशका सभामुख, उपसभामुख, प्रदेशका सचिव लगायतको उपस्थिति रहेको र लगत्तै यो कार्यक्रम सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि गरिने सञ्चार संयोजक छिरिङ गुरुङले जानकारी दिए ।