यौन सुखको लागि शिलाजित कति उपयोगी ?

जब आयुर्वेदिक चिकित्साको कुरा आउँछ, सबैको दिमागमा जडीबुटीको स्मरण हुन्छ। मानिसहरू विश्वास गर्छन् कि पहाडमा पाइने बिरुवाबाट उपचार सम्भव छ। त्यसैगरी जब यो आयुर्वेदिक विधिको माध्यमबाट यौन स्वास्थ्यमा सुधार गर्ने कुरा आउँछ, त्यसमा सबैभन्दा अघि आउँछ शिलाजित र अश्वगन्धा।

धेरै मानिसहरू शिलाजित र अश्वगन्धालाई यौन स्वास्थ्यमा सुधार गर्न सहयोगीको रूपमा मान्छन्। जबकि यो यौन स्वास्थ्यको लागि मात्रै नभएर समग्र स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ। कतिपयले शिलाजितलाई यौन स्वास्थ्यसँग जोडेर हेर्ने गर्छन्। शिलाजित शताब्दीयौंदेखि मानव स्वास्थ्य सुधारका लागि प्रयोग गरेको पाइन्छ।

शिलाजित के हो ?

संस्कृतमा शिलाजित शब्दको अर्थ पर्वतको मणि भन्ने हुन्छ। यसलाई शक्तिशाली खनिज पदार्थको रूपमा चिनिन्छ। शिलाजित पत्थरबाट उत्पन्न भएको खनिज पदार्थ हो। घाम लागेर भएको प्रचण्ड गर्मीका कारण पहाडको धातुको भाग पग्लिएर पहाडबाट बाहिर निस्किएको पदार्थ नै शिलाजित हो। त्यो तरल शिलाजित सुकेपछि चम्किलो ढुंगा जस्तै देखिन्छ। यही पदार्थ मान्छेको प्रजनन क्षमता बढाउन उपयोगी मानिन्छ। शिलाजितका अन्य कामहरू पनि हुन्छन्। जस्तै:

दिमागी कार्यको बढवा दिन सहयोगी: शिलाजितमा पाइने कैयौं पदार्थले दिमागको प्रणाली सुधारको लागि सहयोग गर्ने गर्छ। कतिपयले यसलाई अल्जाइमर थेरापीमा पनि सहायक रहेको मान्छन्। इन्टरनेशनल जर्नल अफ अल्जाइमर डिजिजको एक अध्ययनमा भनिएको छ कि शिलाजितको उपयोग उमेर बढ्ने प्रक्रियालाई कम गर्नको लागि प्रयोग गरिन्छ। फुल्विक एसिड शिलाजितको प्रमुख यौगिक हो, जसले रगत शुद्ध गर्न सहयोग गर्छ।

कलेजोको क्यान्सर रोक्न: शिलाजितको उपभोगले क्यान्सर कोषसँग लड्न पनि मद्दत गर्छ। एक अनुसन्धानले पत्ता लगाए अनुसार शिलाजितले कलेजोको क्यान्सरमा कमी ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। शिलाजितले क्यान्सर कोशिकाहरूको वृद्धि रोक्छ र उनीहरूलाई नष्ट पनि गर्छ। अनुसन्धानकर्ताहरूले शिलाजितमा क्यान्सर प्रतिरोधी पदार्थ भेटिन्छ भन्ने मान्यता राखेको पाइन्छ।

मुटुलाई तन्दुरुस्त राख्न: शिलाजित डाइट्री सप्लिमेन्ट हो। यसको सेवन गर्दा मुटु तन्दुरुस्त हुन्छ। शोधकर्ताहरूले प्रयोगशालामा मुसाको मुटुको अवस्थाको परीक्षण गरेका थिए। त्यहाँ आइसोप्रोटेरिनलको साथमा इन्जेक्सन समेत लगाइएको थियो। यसमा शिलाजितको प्रोएक्टिभ इफेक्ट पनि देखिएको थियो।

मोटोपना कम गर्न: अतिरिक्त तौलका कारण मानिसको शरीरमा रहेका मांसपेशीहरू थकित हुन्छन्। जसले हड्डीहरूमा समेत समस्या सिर्जना गर्न सक्छन्। जर्नल अफ मेडिसिनल फूडले गरेको एक अध्ययन अनुसार मोटोपना भएका मान्छेलाई एउटा शुद्ध शिलाजितको साथमा खानेकुरा दिइयो। जसले उनीहरूलाई अध्यासको क्रममा धेरै तागत आयो। यसरी शिलाजितको प्रयोगले शरीरको तौल कम गराउन मद्दत गर्छ।

थकान कम गर्न: एथ्नोग्राफी जर्नलमा प्रकाशित २०१२ को एक अध्ययन अनुसार शिलाजितको प्रयोगले थकान जस्ता मानसिक कमजोरीको अवस्था कम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने पुष्टि भएको थियो। अध्ययनबाट यो पनि पुष्टि भएको छ कि शिलाजितको उपभोगले शरीरमा हुने विभिन्न कोशिकाले राम्रो काम गर्न मद्दत गर्छ। यसले तपाईंको शरीरमा ऊर्जा बढाउँछ र थकान कम गर्छ।