नेपाल प्रेसकर्मी भुललाई ‘युवा पत्रकारिता पुरस्कार’

 

 

काठमाडौं । नेपाल प्रेसका बरिष्ठ सम्वाददाता केशव भुल ‘युवा पत्रकारिता पुरस्कार’ का लागि छनोट भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने ‘युवा पत्रकारिता पुरस्कार २०७८’ का लागि उनी छानिएका हुन्।

 

पुरस्कार प्राप्त गर्ने अन्य पत्रकारमा पुर्णबहादुर खड्का, बसन्ती बास्तोला र सिताराम ओझा रहेका छन् । चारै जनलाई एक कार्यक्रममाविच पुरस्कृत गरिने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । युवा पत्रकारिता पुरस्कारको राशी ५० हजार रूपैया रहेको छ ।

 

२०७५ सालदेखि मन्त्रालयले हरेक वर्ष युवाको क्षेत्रमा कलम चलाउदैँ आएका चार/चार जनालाई पुरस्कृत गर्दै आएको छ । यस पटक पुरस्कार प्राप्त गर्नका लागि मन्त्रालयले गत पुष १४ गते सूचना प्रकाशित गरेको थियो ।