डीभी पर्दापनि अमेरीका नगई नेपाली सेना’मा भर्ती (भिडियो सहित हेर्नुस )

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।

 

अमेरिका नेपालीहरुका लागि मात्र होईन विश्वका धेरै देशका मानिसहरुका लागि एक ठुलो सपना हो । नेपालमा पनि हरेक वर्ष डीभी भरेर अमेरिका पुग्ने सपना देख्नेहरू धेरै छन् । तर भिडमा एक युवा डीभी परेर पनि अमेरिका गएका छैनन् ।

 

उनी अमेरिका नगई देशको सेवा गर्न नेपाली सेनामा भर्ती भएका हुन् । यस्तै कथावस्तु समेटिएको लघु–चलचित्र ‘रगत’ सार्वजनिक भएको छ । पुरुषोत्तम बस्नेतको लेखन तथा निर्देशनमा बनेको रगत नेपाली सेनाले आयोजना गरेको लघु–चलचित्र प्रतियोगिता–२०७६ मा दोस्रो भएको थियो ।

 

रगतमा नेपाली सेनाको महत्वपूर्ण र देशभक्ति प्रकट गरिएको छ । रवि कार्की, मुना नेपाल, संगीता बस्याल, डीबी घिमिरे, शिवराज बस्नेत, अञ्जु हमाल, राजु श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको यो चलचित्र संकल भुजेलले खिचेका हुन् । कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन रहेको छ । विक्रम कार्कीले पाश्र्व संगीत भरेका छन् ।

 

नेपाली सेनाले गरेको काम र नेपाली सेनाप्रति आमनागरिकको सकारात्मक सोच विकास गर्न डीभी परेर पनि अमेरिका नगई सेनामा भर्ती हुने कथा आपूले रोजेको निर्देशक बस्नेतले बताए ।

 

उनले यसअघि लकडाउनका बेलामा कसैसँग नभेटेरै ‘बुहारी’ र ‘मे वान’ नामका दुई लघु–चलचित्र निर्माण गरेका थिए । लघु–चलचित्र ‘रगत’ पुकार टीभी युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । अब आउनुस भिडियो हेर्न तर्फ लागौ