आज यी स्थानमा वर्षा हुने

काठमाडाैं, ७ फागुन । देशमा कुनै उल्लेखनिय प्रणाली छैन । बिहान तराईका थोरै भूभागमा हुस्सुर-कुहिरो लागेको छ ।

दिउँसो पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू(भागका एक वा दूई स्थानमा हल्का हिमपात हुनसक्ने माैसम पूर्वानुमान महाशाखाकाे आँकलन छ ।

आइतबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

सोमबार पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।