यी राशिमा रहन्छ शनिदेवको मधुर दृष्टि : मिल्छ हरेक काममा सफलता !

न्यायका देवता शनि कर्मको ग्रह मानिन्छ । यीनको गलत दृष्टिबाट बच्न मानिसले के के गर्दैनन् । शनिले जहिल्यै पनि मेहनती मानिसको साथ दिन्छन् । शनिको कृपा रहेमा रंकलाई राजा र राजालाई रंक बनाउन सक्छन् । गरिबको सेवा गर्नेमा शनिको राम्रो दृष्टि रहन्छ । योसँगै एउटा जानकारी लिनुहोस कि शनिले केहि राशिमा जहिल्यै न्याय गर्दछन् । तुला राशिमा शनिको जहिल्यै राम्रो दृष्टि रहन्छ । तुला राशिको विनम्र स्वभाव हुन्छ । यीनिहरु विवादबाट सधैँ टाढा रहन्छन् ।

तुला राशिका व्यक्ति मेहनती र इमान्दारीले जीवन जीउन मनपराउँछन् । यस्तो भनिन्छ कि यो राशिका व्यक्ति मेहनती र गरिबको सहयता गर्ने हुन्छन् ।यस्तै अर्को राशि जसमा शनिको कृपा रहन्छ, कुम्भ राशि । शनिदेव कुम्भ राशिको स्वामी हो । यो राशिका व्यक्तिलाई शनिदेव मेहनतको फल दिन्छन् । उनीहरुको थोरै प्रयत्नले पनि शनिदेव प्रशन्न हुन्छन् । यस्तो मानिन्छ कि कुम्भ राशिका जाति शान्त र कसैलाई धोकाखडी नगर्ने हुन्छन् ।शनिदेवको अर्को प्रिय राशि मकर हो । शनिदेवले यो राशिका व्यक्तिमा जहिल्यै राम्रो कामको लागि फल दिने गर्दछन् । यो राशिका व्यक्तिहरु गम्भीर र सहनशिल हुन्छन् । यी व्यक्तिहरु मनको विपरित केहिपनि गर्दैनन र शनिदेवको साथमा हुन्छन् ।

यसैगरी सामान्यतया भगवानकाे पूजापाठ बिहान गरिन्छ । पूजा गर्नका लागि बिहानको समय सबै भन्दा महत्वपूर्ण मानिन्छ । हुनत दिनभर जुन कुनै समयमा पनि सच्चा मनले भगवानको आराधना गर्न सकिन्छ । तर मुहूर्तमा पूजा गर्नुको विशेष महत्व हुन्छ ।बिहान-बिहान पूजा गर्दा हाम्रो मन पनि एकाग्र हुन्छ । निद्राबाट उठ्दा मन शान्त र स्थिर रहेको हुन्छ । यताउताको कुरामा हाम्रो दिमाग गएको हुँदैन् । भगवानको भक्तिका लागि मनको एकाधिकार एकदमै महत्वपूर्ण छ ।

दिउँसाे हामीले अन्य समय कयौँ काममा बिताउने गर्दछौँ । जसका कारण हाम्रो मस्तिष्क पूर्ण रुपमा प्रभावित हुने गर्दछ । कामले गर्दा मन अशान्त हुने गर्दछ । त्यस्तो हुँदा कुनै बेला अधार्मीक कुरामा पनि मन पुग्ने गर्दछ । यस्तो अवस्थामा पूजा गर्न निकै मुस्किल हुने गर्दछ । त्यसैले यी कुरालाई मध्यनजर गर्दै बिहानको मुहूर्त पूजाका लागि निकै उत्तम हुने गर्दछ ।

बिहान पूजा गर्दा दिनभर आनन्द:जहाँ शान्ती र कुनै पनि अधार्मीक कुरा नहुने पूजाबाट भगवान प्रसन्न हुने गर्दछन । बिहान गरेको पूजाको प्रभावबाट हाम्रो मनमा यति धेरै शक्ति प्राप्त हुन्छ की हाम्रो तनाव तथा समस्या हटने गर्दछ । दिमाग तिब्र रुपमा चल्दछ । त्यसैले हामीले एकमाथ कयौँ योजना बनाएर काम गर्न सक्छौँ । यस कारण बिहान पूजा गर्ने परम्परा चलिआएको हो ।