राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको IPO निष्काशन २०७८/११/०४ बाट खुल्ला गरिएको छ।

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको जारी पूँजी रु. २६‚००‚००‚०००/– को ३२.६९ प्रतिशतले हुन आउने रु.८‚५०‚००‚०००/– रकम बराबर प्रति शेयर रु.१००/– अंकित दरका ८‚५०‚००० कित्ता साधारण शेयर मध्ये १३‚००० कित्ता शेयर (जारी पूँजीको ०.५ प्रतिशत) कर्मचारीहरुलाई र ४२‚५०० कित्ता शेयर (कुल निष्काशनको ५ प्रतिशत) सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी रहने ७‚९४‚५०० कित्ता साधारण शेयरहरुको प्रारम्भिक सार्वजनिक निष्काशन गरिएको छ ।

  • नेपाल धितोपत्र बोर्डबाट विवरण स्वीकृत भएको मिति : २०७८/१०/०९
  • कम्पनी रजिष्ट्रारको कार्यालयमा विवरणदर्ता भएको मिति : २०७८/१०/१३
  • नेपाल राष्ट्र बैंकमा विवरण दर्ता भएको मिति : २०७८/१०/११
  • निष्काशन खुल्ला हुने मिति : २०७८/११/०४
  • निष्काशन बन्द हुने मिति(छिटोमा) :२०७८/११/०८
  • निष्काशन बन्द हुने मिति (ढिलोमा) :२०७८/११/१८

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक NIBL Ace Capital रहेको छ ।

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड (Rastra Utthan Laghubitta Bittiya Sanstha Limited) को स्थापाना कम्पनी ऐन‚ २०६३ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन‚२०७३ अन्तर्गत भएको हो। यस वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं १३ साँगामा रहेको छ ।

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड २०७५/०६/१४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो । यस कम्पनीले मिति २०७५/१०/१६ गते “घ” वर्गको वित्तीय संस्थाको रूपमा राष्ट्रियस्तर कार्यक्षेत्र रहने गरी वित्तीय कारोवार गर्न नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त गरी मिति २०७५/११/८ गतेदेखि औपचारिक रुपले वित्तीय कारोवार शुभारम्भ भएको हो । यस लघुवित्त वित्तीय संस्थाले न्यून आय भएका वा विपन्न वर्गका लक्षित ग्राहक सदस्यहरुलाई लघुकर्जा प्रवाह गर्दै आएको छ । हाल यसकम्पनीको ३६ जिल्लामा रहेका ८८ वटा शाखा कार्यालय माफर्त २‚२०‚२६५ परिवारहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । यस कम्पनीका संस्थापक तथा सञ्चालकहरुमा वित्तीय क्षेत्र‚ सरकारी‚ गैर सरकारी‚ शैक्षिक क्षेत्र‚ कृषि‚ उद्योग तथा व्यापार क्षेत्र एवम् व्यवस्थापनमा लामो समयदेखि कार्यरत अनुभवी प्रतिष्ठित व्यक्तिहरु रहनु भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयको मिति २०७८/०३/१५ को पत्रानुसार आ.व. २०७६/०७७ सम्म यस वित्तीय संस्था कम्पनी रजिष्ट्रारको कार्यालयमा अद्यावधिक रहेको छ ।