संसदमा एमसीसी टेबल भए ५ घण्टासम्म बोल्न मन छ : झलनाथ खनाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसी संसदमा टेबल भए सबै सांसदहरुले मत राख्न पाउनुपर्ने बताएका छन्। संसद बैठकपछि सम्मानित नेता खनालले एमसीसी संसदबाट पास हुन नहुने बताएका हुन्।

खनालले भने, ‘एमसीसीमा गम्भीर आपत्तिका कुराहरु छन्। यो राष्ट्रलाई घात गर्ने पक्षका कुराहरु छन्। यी कुराहरु नसच्चिएसम्म संसोधन नगरेसम्म संसदबाट पास गर्न दिदैंनौं। संसदमा एमसीसी टेबल भए ५ घण्टासम्म बोल्न मन छ। सबै सांसदहरुले एमसीसीका बारेमा बोल्न पाउनुपर्छ।’