एमसीसीको विषयमा प्रधानमन्त्रीको धारणा भन्दा बाहिर गएर मैले बोल्न मिल्दैन : मन्त्री झाँक्री

काठमाडौं ६ फागुन । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अमेरिकी परियोजना एमसीसीको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको भन्दा फरक विचार राख्न नहुने बताएकी छन् ।

संसद बैठक पछि बाहिरिने क्रममा मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । उनले अहिले आफु मन्त्रिपरिषदको सदस्य भएको कारणले गर्दा एमसीसीको विषयमा प्रधानमन्त्रीको भन्दा फरक धारणा राख्न उपयुक्त नहुने बताएकी हुन् ।

मन्त्रिपरिषदको सदस्य भएससम्म प्रधानमन्त्रीको धारणा भन्दा फरक धारणा राख्न नहुने उनले बताएकी छन् । साथै, एमसीसीको विषयमा आफ्नो पार्टीको धारणा शनिबारको बैठकमा आउने जनाएकी छन् ।

नेपालको आन्तरिक राजनीतिमा अनावश्यक ढंगले किचलो हाल्न ल्याइएको विषय प्रति सचेत हुनुपर्ने भन्दै उनले राष्ट्रको हित र सरकारको विश्वसनीयताका लागि त्यस्ता विषयबाट सचेत हुनुपर्ने समेतख बताएकी छन् ।