प्रिती आलेको नयाँ गीत ‘ पिरतीका कुरा रातै भरी गरियो मख्खै परियो ‘ (भिडियो)

पछिल्लो समय सांगीतिक बजारमा नेपाली लोक गीत संगीत क्षेत्रमा चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गीत सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् । गयौ गीतले दर्शक श्रोताको मन मुटु छोएका छन त कति गीत ले गीत संगीत क्षेत्रमा छाडापन पनी लिएका छन ।

यस्तै लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक श्रोताले रुचाउछन् । दर्शक को रोजाई अनुसारनै सर्जक ले गीत संगीत बजारमा पस्किन्छन।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसैविच चर्चित सर्जक प्रदिप अधिकारीको सृर्जनामा रहेको नया दोहोरी गीत ‘पिरतीको कुरा रातै भरि गरियो’ को म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। चर्चित दोहोरी गायिका प्रिति आले र गायक दिल कुमार कार्किको आवाजमा रहेको गीतमा गायक कार्किकै उत्कृष्ट शब्द सृर्जना एवम् सर्जक प्रदिप अधिकारीको लय रहेको छ । गीतमा माया प्रेमकै विषयवस्तु दर्शाईएको छ । माया प्रेमा हुने प्रेमी प्रेमिकाले गरीने रात भरीका कुराम हरुलाई गीतमा उतारिएको छ।

निशान बानियाको उत्कृष्ट निर्देशनमा तयार पारिएको उक्त गीतको म्युजिक भिडियोमा लोकप्रिय गायक अर्जुन सापकोटा संगै चर्चित दोहोरी गायिका टिका सानुको अभिनय एवम् फिचर रहेको छ । साथसाथै गीतमा सुदिप कार्कि, रमिला रोका, सरिता पुरी, सन्तोष मग्राती, गणेश सिवाकोटीको अभिनय रहेको छ ।

अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गीतको म्युजिक भिडियोलाई प्रकाश खड्काको छांयाकन एवम् मनोज कार्किको सम्पादन रहेको थियो । उक्त गीतको म्युजिक भिडियो प्रदिप अधिकारीको अफिसियल यूट्युव च्यानलबाट बजारमा सार्वजनिक गरिएको व। गीतको सबै पक्ष निकै उत्कृष्ट बनेको छ।

भिडियो हेर्नुहोस् :