भगवान श्री कृष्णबाट सिक्नुहोस् सफलता र समृद्धिका १० सुत्र !

वास्तवमै भगवान श्रीकृष्ण थिए वा त्यो कुनै चरित्रको रचना गरिएको थियो ? यसमा अनेकन तर्क छन् । यद्यपी सबैले स्विकारेको के भने, श्रीकृष्ण एक यस्तो पात्र हुन् जो अनुसरणिय छन् । नीतिज्ञ, शक्तिमान, वौद्धिक, तार्किक क्षमताका भगवान श्रीकृष्णलाई उत्तिकै रसिक एवं रोमान्टिक पात्रको रुपमा पनि चित्रित गरिन्छ । समग्रमा उनी यस्तो आदर्श हुन्, जसममा जीवनको मुलभूत सार समेटिएको छ ।

भगवान श्रीकृष्णलाई प्रेरक पनि मानिन्छ । उनमा अरुलाई प्रेरित, प्रोत्साहित गर्न सक्ने अलौकिक क्षमता थियो । यदि वास्तवमै जीवनलाई सफल, सुखी र खुसी बनाउन चाहने हो भने, भगवान श्रीकृष्णको यी बिचार मननयोग्य हुनसक्छ । १. जब बिरोधीको पल्ला भारी हुन्छ, तब विजय प्राप्त गर्नका लागि कुटनीतिको बाटो अपनाउनुपर्छ ।२. मित्रतामा कहिल्यै गरिब र धनीको भेद नहेरौ । बरु, इमान्दारी र सत्यताको आडमा मित्रता निर्वाह गरौ । ३. अनुशासित जीवन जिउनु, व्यर्थ चिन्ता नगर्नु र भविष्यको साटो बर्तमान ध्यान केन्दि्रत गर्न सिकौ ।

४. समस्यामा वा असफलतामा हिम्मत हार्न हुन्न, समस्यालाई जुधेर सामना गरौ । ५. मानिस दुरदर्शी हुनका साथसाथै हरेक परिस्थितीको आंकलन गर्ने क्षमता हुनुपर्छ ।६. कसैको बिचारको बन्धनमा बाँधिनु हुन्न, बरु तपाई स्वंम बिचार (सिद्धान्त) विकसित गर्नुहोस् । ७. कुनैपनि काम वा प्रतियोगिता अघि त्यसको रणनीति बनाउनु आवश्यक हुन्छ । ८. गुरुबाट भन्दा आफ्नो अनुभवबाट बढी ज्ञान आर्जन हुन्छ । गल्ती र असफलताले तपाईलाई धेरै कुरा सिकाइरहेको हुन्छ ।९. मित्रता त्यही दिगो र रसिलो हुन्छ, जो कठिन परिस्थितीमा पनि तपाईको साथ छाड्दैन । मित्रतामा सर्तको कुनै स्थान हुँदैन । १०. राम्रो काम गर्नुहोस् । अनावश्यक काममा आफ्नो समय नष्ट नगरौ । र, विना कारण अरुसँग डराउनु आवश्यक छैन ।

यसैगरी सनातन धर्म अनुसरण गर्ने धेरै मानिसहरूलाई शालिग्रामको बारेमा थाहा हुन्छ। कालो रंगको चिल्लो अण्डा आकारका ढुंगाको स्वरूपमा शालिग्रामको पूजा गरिन्छ। भक्तजनले शालिग्राम घरमा ल्याएर सिधै आसनमा विराजमान गराएर पूजा गर्न सक्छन्। शालिग्रामलाई भगवान श्री हरि विष्णुको स्वरूप पनि मानिन्छ। शालिग्रामलाई घरमा राखेर नियमित पूजा गर्नाले धेरै समस्याहरूबाट मुक्त हुन सकिन्छ। घरमा खुशी र समृद्धि आउँछ।

शालिग्रामलाई भगवान विष्णुको स्वरूप मानिन्छ, त्यसैले उहाँलाई तुलसी अर्पण गर्नुहोस्। तुलसीबिना शालिग्रामको पूजा अपूर्ण मानिन्छ। यसरी स्वच्छ मनले शालीग्रामको पूजा गर्नाले हरेक कार्यहरूमा सफलता प्राप्त मिल्दछ। शालिग्राम र माता तुलसीको विवाहको प्रावधान पनि छ। भनिन्छ कि तुलसीको विवाह गरियो भने कन्यादान जस्तो सद्गुण फल प्राप्त हुन्छ। यसो गर्नाले सबै प्रकारका पाप, कलह, आदि नष्ट हुन्छन्।

तपाईंको घरमा धन सम्बन्धि समस्या छ भने पनि शालिग्राम स्थापना गरेर पूजा गर्न सक्नुहुनेछ। किनकि घरमा शालिग्राम हुनु भनेको विष्णु र माता लक्ष्मीको बास हुनु हो। शालिग्रामको नियमित पूजा गर्नाले र जल अर्पण गर्नाले सबै प्रकारका कष्ट दूर हुन्छन्। घरमा कुनै पनि प्रकारको अभाव हुँदैन। शालिग्रामको अभिषेक गरिएको जल आफ्नो शरीरमा छर्कनु मात्र तीर्थयात्रा र यज्ञको समान हुन्छ।
शालिग्रामलाई नियमित स्नान गराएर चन्दन लगाउनु

पर्छ। त्यसपछि तुलसीदल अर्पण गरेर चरणामृत चढाउनु पर्छ। यसले तपाईंको सबै मानसिक, शारीरिक र वित्तीय समस्याहरू समाधान गर्न मद्दत गर्दछ। भनिन्छ कि भगवान शिवले पनि शालिग्रामको प्रशंसा गर्नु भएको थियो। तसर्थ, शालिग्राम घरमा राख्दा महादेवको पनि कृपा प्राप्त गर्न सकिन्छ। धर्मशास्त्रका अनुसार शालिग्राम भएको ठाउँ मन्दिरको समान हुन्छ।