फागुन २० गतेबाट देशभर रिलिज हुँदै‘ लप्पनछप्पन २

काठमाडौं । फागुन १३ गते चलचित्र ‘म यस्तो गीत गाउँछु २’लाई छाडेर चलचित्र ‘लप्पनछप्पन २’ एक सातापछि पुगेको छ । मुकुन्द भट्टको निर्देशनमा बनेको यो चलचित्र अब फागुन २० गतेबाट देशभर रिलिज हुने भएको छ । यो चलचित्र दुई वर्षअघि नै रिलिज हुने पक्का भएपनि कोरोनाका कारण समस्यामा परेको थियो ।

यसपछि, निर्माणपक्षले बारम्बार प्रदर्शन मिति तय गरेपनि कोरोनाकै कारण चलचित्र रिलिज हुन पाएन । अब भने चलचित्र फागुन २० गतेबाट रिलिज हुने पक्का भएको निर्देशक भट्टले जानकारी दिए ।

यो चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा लगायतका कलाकारको अभिनय छ । सौर्य दैनिकमा खबर छ । एक्सन जनरामा निर्माण भएको यो चलचित्रलाई युरोपका विभिन्न स्थानमा छायांकन गरिएको छ ।