बरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठ र बरिष्ठ गीतकार किरण पल्पसाको ‘लौन के गरौँ’मा इस्टु र प्रबिन

काठमाडौं, ५ फागुन । अमेरिकामा बसेर पनि नेपाली कला, साहित्य र संगीतको प्रर्वद्धनमा लागि परिरहेकी साहित्यकार हुन् किरण पल्पसा । उनै गीतकार पल्पसाको शब्द सृजना रहेको लौन के गरौँ बोलको गीतको भिडियो शुक्रबार रिलिज गरिने भएको छ । गीतमा बरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको जादुमयी संगीत सृजना रहेको छ ।

राहुल प्रधानको संगीत संयोजन रहेको गीतमा गायिका रचना रिमालको स्वर रहेको छ । भिडियोमा हल्का रमाइलोकी चर्चित कलाकार इस्टु कार्की ‘नेप्टी’सँग ह्याण्डसम मोडल प्रबिन डिसीको रोमान्स देख्न सकिन्छ ।

जस बहादुर याक्खाको निर्देशन रहेको गीतमा कोरियोग्राफी दीपक गिरीको रहेको छ भने नृत्य निर्देशन सञ्जु चौधरीको रहेको छ । भिडियो निकै नै स्तरिय बनेका कारण दर्शकहरुले रुचाउने कुरामा विश्वस्त रहेको संगीतकार श्रेष्ठले बताए । भिडियो शुक्रबार दिउसो २ बजे ओएसआर डिजीटलबाट बजारमा आउनेछ ।