नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सर्यो

काठमाडौं ५ फागुन । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि एक पटक सरेको छ । केन्द्रीय निर्वाचन समितिले अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लामा फागुन १५ गते गर्ने निणर्य गरेको हो ।

यस अघि उक्त जिल्लाहरुमा फागुन १३ गते गर्ने निणर्य भएको थियो ।
जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लामा सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, नवलपुर ९बर्दघाट सुस्ता पूर्व०, बाँके, अछाम, कैलाली, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा रहेका छन् ।

निर्वाचन समितिले तल्लो तहका कार्यसमिति पदाधिकारी वा सदस्य पदमा उमेदवार भई पराजित भएको व्यक्तिहरूलाई पुनः जिल्ला कार्यसमितिको कुनै पनि पदमा उमेदवार बन्न नपाउने परिपत्र समेत गरेको छ ।