एमसीसीको विषयमा प्रचण्डलाई लक्षित गर्दै थापाले भने , बालुवाटारमा एउटा कुरा र खुमलटारमा अर्को कुरा गर्ने पार्टी होइन काँग्रेस

काठमाडौं ५ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिपक्षमा हुँदा एउटा र सरकारमा हुँदा अर्को कुरा नगर्ने पार्टी काँग्रेस भएको दावी गरेका छन् ।

काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको पुस्तक ‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ विमोचन कार्यक्रममा बालुवाटार पुगेका नेता थापाले माअ‍ोवादीका अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

आफुलाई विश्वासको भएको कुरामा कांग्रेस अडिग हुने बताउँदै उनले भने , ‘काँग्रेस आफूलाई विश्वास भएको कुरामा अडिग रहेको छ । सत्तामा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को कुरा गर्दैन ।’ एमसीसीको नाम नलिई नेता थापाले कांग्रेस आफुलाई ठिक लागेको कुरा अडिग हुने बताएका छन् ।

प्रचण्डलाई लक्षित गर्दै थापाले भने , ‘बालुवाटारमा एउटा कुरा र खुमलटारमा अर्को कुरा गर्ने पार्टी होइन काँग्रेस’ । कांग्रेस अन्तराष्ट्रिय विश्वसनीयता कायम राख्ने लगायतका कुराको हेक्का राखेर आफ्नो अडानमा उभिनने पार्टीको भएको दावी समेत गरेका छन् ।

एमसीसी पारित गर्नुपर्छ भन्ने कांग्रेसको एकमत रहेको छ ।