बलेले भाउजु भन्दा रिसाएकी सुन्तली हाँसेर ढलिन् | भाउजुसँग जवानीका कुरा गर्न देवर लजाए

भिडियो तलको समाचारको अन्त्यमा राखीएको छ, पुरा हेर्नुहोस ।

कास्की — गोरखाको निर्वाचन क्षेत्र नम्बर २ को ‘ख’ बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीले आफ्नो सरकारी तलवभत्ता समाजसेवामा खर्चिँदै आएका छन् ।

२०७७ पुसको पहिलो सातादेखि २०७८ पुस मसान्तसम्म प्राप्त तलव, भत्ता र बैंकले दिएको व्याजसहित ७ लाख ८२ हजार ३ सय ६२ रुपैयाँ समाजसेवामा नै खर्चिएको मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

‘मैले पाएको सेवा सुविधाभन्दा केही रकम थप गरेर सहयोग गरेको छु’ उनले भने, ‘कतिपय कोभिडका बिरामी छन् । उनीहरूको लागि अक्सिज सिलिण्डर किन्ने क्षमता हुँदैन । कतिपयलाई एम्बुलेन्स झिकाएर अस्पताल पुर्‍याउने गरेको छु । कतिपयलाई पठनपाठन र सुत्केरी महिलाको लागि पनि सहयोग गरेको छु ।’ उनले जनताको समस्या पहिचान गरी आफ्नो सहयोगले घाउमा मल्हम लगाउने काम गरेको बताए । एक वर्षसम्म सेवासुविधाको रकमसहित आफूले थप गरी १३ लाख ६३ हजार ८ सय रुपैयाँ समाजसेवामा खर्चिएको उनले जनाए ।

सहयोग कसैलाई देखाउन नभई आत्मसन्तुष्टिका लागि गरिएको उनको भनाइ थियो । उनले सांसद भएको भोलिपल्ट नै आफूले पाउने सेवासुविधा जनताकै लागि खर्चिने घोषणा गरेका थिए ।

त्यसपछि हालसम्म आफूले पाएको सेवासुविधा समाजसेवामा नै खर्चिएको उनले बताए । यस्तो कामबारे उनले गत वर्ष पनि पत्रकार सम्मेलनमार्फत जानकारी गराएका थिए । धनाढ्य सांसद्‍ले जनतालाई सहयोग गर्दा राज्यको अपनत्व नभएको भन्ने संचारकर्मीको प्रश्नमा जवाफ दिँदै सांसद दवाडीले राज्यलाई गाउँ–गाउँसम्म पुर्‍याउन र जिम्मेवार बनाउन पनि आफूले सहयोग गरेको दाबी गरे ।

‘यो गुनासो सांसदहरूबाट पनि आएको छ’ उनले थपे, ‘निरन्तर राजनीतिमा लाग्नेको लागि आम्दानी हुँदैन । सहयोग कसरी गर्ने ? म त बीचमा व्यवसाय गरेको मान्छे । व्यवसायबाट राजनीतिमा लागेकाले बीचको समय पैसा कमाउन पाएँ । त्यही पैसा अहिले सहयोग गर्न पाएको छु ।’ व्यवसायसँगै लामो समय जापान बसेर आएकाले राजनीतिबाट लामो समय टाढिनुपरेको उनको भनाइ छ ।

सांसद दवाडीले सरकारबाट हुनुपर्ने जति काम हुन नसकेको गुनासो पनि गरेका थिए । ‘सरकारको ढिलासुस्ती छ । झक्झकाउने काम भइरहेको छ,’ उनले भने । यस क्रममा उनले संविधानले व्यवस्था गरे अनुसार नै स्थानीय तहको निर्वाचन हुनुपर्ने धारणा राखेका थिए ।

भिडियो हेर्नुस :

पछिल्लो समयको सांगितिक बजारमा नेपाली  लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसैविच चर्चित दोहोरी गायक प्रदिप त्रिपाठीको आवाजमा रहेको नया दोहोरी गित ‘बाचे आऊला फर्केर’ सार्वजनिक भएको छ ।

पछिल्लो समय अत्यन्तै चर्चामा रहेकी दोहोरी गायिका टिका सानुको उत्कृष्ट शब्द सृर्जना रहेको गितमा गायक प्रदिप त्रिपाठी र पछिल्लो समयकी लोकप्रिय गायिका शान्ति श्री परियारको आवाजमा सजिएको छ । गायक त्रिपाठीको लय रचना रहेको गितमा संजिव न्यौपाने ‘समर’को थेगो संकलन रहेको छ । घरमा बस्दा आभावै आभाव परदेशी हुदा सबैको दवावै दवावमा बाच्नुपर्ने यथार्थ कहानी गितमा दर्शाईएको छ ।

कपिल लामाको निकै उत्कृष्ट निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा संजिव न्यौपाने’समर’  , साया भण्डारीको मनछुने अभिनय रहेको छ  । समर कृयशनको प्रस्तुतिमा रहेको गितको म्युजिक भिडियोमा विपिन चौलागाईको छांयाकन एवम् शिव पौडेलको सम्पादन रहेको छ । भिडियो अत्यन्तै मार्मिक बनेको छ, गितका प्रत्येक शब्दले मन पोल्छ, भिडियोका प्रत्येक सिनले निकै भावुक वनाऊछ ।

उक्त गितको म्युजिक भिडियो Sanjeev Neupane को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ । गित सार्वजनिक भएको छोटो समयमा नै युटुवमा निकै राम्रो राम्रो प्रतिकृया आएको गायकले बताऊनु भएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :