फेरी अर्को गहिरो शोकमा बलिउड, सङ्गीत निर्देशक बप्पी लहरीको निधन

काठमाडौं । बलिउडका सङ्गीत निर्देशक बप्पी लहरीको निधन भएको छ । मुम्बईको जुहुस्थित क्रिटी केयर अस्पतालमा उपचारका क्रममा लहरीको निधन भएकमो छ ।

अलोकेश लाहिडी बास्तविक नाम भएका लहरीको मंगलबार राती ११ बजे ६९ वर्षको उमेरमा निधन भएको हो । सन् १९७५ मा रिलिज भएको फिल्म ‘जख्मी’ बाट पहिचान बनाएका उनलाई पप म्युजिकलाई भारत ल्याउने श्रेय जान्छ ।

बप्पी लहरीको जन्म २७ नोभेम्बर सन् १९५२ मा पश्चिम बंगालको शहर जलपाईगुडीमा भएको थियो । आफ्नो आमा–बुवाको नक्साकदममा हिँड्दै तीन वर्षको उमेरमा नै बप्पी लहरीले तबला बजाउन सुरु गरेपछि आजको दिनसम्मको नाम कमाउन सफल व्यक्ति बने ।

बप्पी लहरीका आमा–बुवा अपरेश लहरी र बंसारी लहरी चर्चित बांग्ला गायक र शास्त्रीय सङ्गीतकार थिए । केही दिन अघि मात्रै बलिउडले संगीत क्षेत्रकी महारथी लता मगेंश्करलाई गुमाउन पुगेको थियो ।