बालुवाटारमा प्रचण्डलाई भेटेपछि एमसीसी टेबल गर्नबाट पछि हटे देउवा

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबल गर्ने तयारीबाट अन्ततः ब्याक भएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग बालुवाटारमा भेट गरेपछि देउवा आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्न बाट ब्याक भएका हुन् ।

प्रचण्डले आज एमसीसी टेबल नगर्न आग्रह गर्दैबालुवाटारमाभेट गरेका थिए । बालुवाटार पुगेर प्रचण्डले संशोधन बिना अहिलेको अवस्थामा एमसीसीका अघि नबढाउन तथा बढाइए सरकारबाट बाहिरिने सम्मको पार्टीको निर्णय सुनाएका थिए ।

त्यस्तै यता नेकपा एकीकृत समाजवादी पार्टी पनि एमसीसीको पक्षमा छैन्। गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा भने सुरुदेखि एमसीसीको विपक्षमा छ । प्रतिनिधिसभामा १९ मत रहेको जसपाका नेता डा बाबुराम भट्टराई खुलेर एमसीसीको पक्षमा लागेका छन्  ।