माओवादीले बोलायो केन्द्रिय कार्यसमितिको बैठक

काठमाडौं ३ फागुन । नेकपा माओवादी केन्द्रको फागुन ८ गते केन्द्रिय समितिको बैठक बस्ने भएको छ ।

माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले दिएको जानकारी अनुसार फागुन ८ र ९ गतेका लागि बैठक तय गरिएको हो ।

बैठकमा बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, स्थानीय तहको निर्वाचनलगायतका विषयमासमेत छलफल गर्ने कार्यसूची रहेको बताइएको छ ।

पार्टीको आठौं महाधिवेशनमा चयन गर्न बाँकी पदाधिकारी चयन,पोलिटब्यूरो र केन्द्रीय सदस्यको विषयमा समेत छलफल गरिने भएको छ ।