रवि लामिछानेको सम्पत्ति कति ? महिनामै कमाउँछन् यति

काठमाडौं – चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रबि लामिछानेको नाम लिने बित्तिकै नेपालमा विभिन्न निकायका मानिसहरुको कान टाठा हुन्छन्। सरकारमा रहेको पार्टिको त होस हवास नै उठ्छ।

भ्रष्ट्रचारिहरु त सपनामा पनि रबि लामिछानेले टेलिभिजनमा गर्जिएको आवाजले आधारातमा निन्द्राबाट बिउँझने गर्दछन्। यहि कारण गर्दा रबि सबै नेपालीका प्रिय पात्र बनेका छन्।

भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन्।

उनि बेला बेला विभिन्न कराणले गर्दा विवादमा तानिने पनि गरेका छन्। तर जे भए पनि उनि अन्याय र अत्याचारमा परेका जो कसैको पनि आवाज बन्ने गरेकाले जति नै विवाद परे पनि जनताले साथ भने छाडेका छैनन्।

वि. सं. २०३१ साल भदौ २० गते भक्तपुरमा जन्मिएका लामिछाने सिधासादा निमुखाको भरोसाको रुपमा देखिएका छन्। भर्खरै मात्र न्यूज २४ टेलिभिजन छोडेर केहि समय गुमनाम रहेका उनी आफ्नै ‘ग्यालेक्सी ४ के’ मा कार्यक्रम संचालन गरिरहेका छन्।

धेरै पत्रकारले भ्रस्टचार गरेर करोडौं कमाएका र अनियमितता गरेको समयमा धेरैले उनको सम्पति कति भनेर प्रश्न गरिरहेका हुन्छन्। यो प्रश्न भ्रस्टचारिको सबैको मनमा उब्जिएको छ।

रबि लामिछानेको सम्पति कति ?

धेरै समय अमेरिका बसेका रबि पक्कै पनि आफुलाई पुग्ने सम्पति अमेरिका हुदै कमाएको हल्ला छ। तर नेपालमा हुदाँ भने उनकाे महिनाको १ लाख भन्दा धेरै कमाइ हुने गरेको छ।

रबिकाे त्यो कमाइ भने उनले विभिन्न कार्यक्रम र विज्ञापनबाट कमाउने गर्दछन्। तर त्यो कमाइ उनले केहि आफुलाई राखेर सामाज सेवामा लगाउने गर्दछन्। त्यस्तै उनको जम्मा सम्पतिको कुरा गर्ने हो भने ३ करोड बाट ४ करोड सम्म रहेको बताइएको छ।