खेम सेन्चुरी र केकी अधिकारी नाचेको दोहोरी गित बजारमा (भिडियोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा संस्कृति म्युजिक प्रा.ली को प्रस्तुतिमा रहेको तेजु सुनामको नया दोहोरी गित ‘रुमाल साट्नु पर्दैन’को अफिसियल म्युजिक भिडियो भखर्रै डिजिटल बजारमा रिलिज भएको छ ।

चर्चित लोक दोहोरी गायक खेम सेन्चुरी र लोकप्रिय गायिका सुनितामी परियारको आवाजमा रहेको गितमा गितकार तेजु सुनामको उत्कृष्ट शब्द सृर्जना एवम् गायक सेन्चुरीको लय रचना रहेको छ । गितमा माया प्रेमको विषयवस्तुलाई निकै उत्कृष्ट शैलीमा दर्शाईएको छ ।

चर्चित निर्देशन शिव विकको उत्कृष्ट निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोम चर्चित नायिका केकी अधिकारी संगै खेम सेन्चुरीको डान्सिड फिचर एवम् अभिनय रहेको थियो | अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई नवराज उप्रेतीको छायांकन एवम् मिलन विश्वकर्माको सम्पादन रहेको छ, गितको म्युजिक भिडियो पनि अत्यन्तै उत्कृष्ट वनेको छ ।

उक्त गितको म्युजिक भिडियो Khem Century को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :