दाङबाट आयो अर्को सोच्नै नसक्ने दु:खद खबर, एकै पटक ५ जनाको मृ’त्यु ?

दाङ मा सो’च्नै नसकिने घ’ट’ना घ’टेको छ दाङको तुलसीपुरस्थित एक जुत्ता चप्पलको गोदाममा लागेको भीषण आगलागीमा परेर पाँच जनाको मृ,त्यु भएको छ ।

राती पौने २ बजेदेखि इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा लागेको आगोमा परेर एक महिला २ पुरुष र दुई बालबालिकाको मृ,त्यु भएको प्रहरीले बताएको छ ।

मृ,त्यु हुनेमा १३ वर्षीया सजिाता खातुन, १४ वर्षीय हसन बकस, १५ वर्षीय मसिन बकस, ४० वर्षीय नजरदिन अली, पाँच वर्षीय, अबिददिन अलिको मृ,त्यु भएको प्रहरी जनाएको छ । मृतकहरुको शव जलेको अवस्थामा निकालिएको छ ।

मृतकको शव अहिले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको प्रहरीले बताएको छ । घा,इतेहरुको पनि राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । आगो अहिले नियन्त्रणमा आएको छ ।

यो पनि- धारिलो हतियार प्रहार गरी हत्या प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बुधबार राति साढे ९ बजे काठमाडौं महानगरपालिका-१५ ठाडो भर्‍याङमा एक जनामाथि धारिलो हतियार प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

वीरेन्द्रनगर नगरपालिका-७ का ४८ वर्षीय मिलन खत्री र नुवाकोट विदुर नगरपालिका-१ घर भएका २२ वर्षीय विकास आचार्यबीच झगडा भएको थियो। उनीहरू दुबै जना धर्म राउतले सञ्चालन गरेको फलामको ग्रिल कारखानामा काम गर्थे।

गएराति उनीहरूले मादक पदार्थ सेवन गरेका थिए। त्यसैबीच सामान्य विवादमा झगडा हुँदा विकासले मिलनलाई जथाभावी गाली गरेको प्रहरी उपरीक्षक मैनालीले बताए।

त्यसपछि मिलनले बिँड नभएको फलामको चक्कु र फलामको पत्ता जडान भएको बन्चरोले प्रहार गरेको प्रहरीले जनाएको छ। उनले विकासको गर्धन र टाउकोमा प्रहार गरेका थिए। विकास अहिले गम्भीर घाइते छन्।

घाइते विकासलाई मनमोहन मेमोरियल अस्पतालमा उपचारपछि राष्ट्रिय ट्रमा सेन्टरमा रिफर गरिएको छ। महानगरीय प्रहरी वृत्त स्वयम्भूले मिलनलाई पक्राउ गरेको छ। उनीमाथि ज्यान मार्ने उद्योगमा थप अनुसन्धान गरिरहेको बताएको छ।