इंग्लिस प्रिमियर लिग: जोटाको दुई गोलमा लिभरपुल विजयी

काठमाडौं, २८ माघ- डिअगो जोटाको दुई गोलको मद्दतमा लिभरपुलले बिहीवार राति भएको इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २-० अन्तरले पराजित गरेको छ । जोटाले ३४औं र ८७औं मिनेटमा गरेको दुई गोलसंगै लिभरपुलले १५औं जित निकाल्दा शीर्ष स्थानको म्यानचेस्टर सिटीसंगको अग्रता दूरी घटाएको हो ।

यस खेलबाट अफ्रिका कप अफ नेसन्स खेल्न इजिप्ट पुगेका मोहम्मद सलाह टोलीमा फर्किएका छन् । जितसंगै लिभरपुल २३ खेलबाट ५१ अंक सहित दोस्रो स्थानमा यथावत छ । लेस्टर भने २१ खेलबाट २६ अंक सहित १२औं स्थानमा छ ।शीर्ष स्थानको सिटी २४ खेलबाट ६० अंक सहित लिभरपुल भन्दामाथि छ ।